काठमाडौं, ३ बैशाख । नेदरल्याण्डको इन्डिमोल साइनद्वारा संचालित बिग ब्रदरको फ्रेन्चाइज बिग बोस नेपालमा औपचारिक रुपमा आइम्याक्स प्रोडक्सनले ल्याएको छ । यो कार्यक्रम नेपालको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो फ्रेन्चाइज टिभि रियालिटि सो हुनेछ । आइमेक्स पोडक्सन तथा इन्डिमोलसाइनको संयुत्त सहकार्यमा टेलिभिजनको सबैभन्दा ठूलो रियालिटी सो विग बोस नेपाल नेपालको ऐतिहासिक रुपमा आउन लागेको हो । आइम्याक्स प्रोडक्सनले कानुनी रुपमा बिग ब्रदर नेदरल्याण्डद्वारा फ्रेन्चाइजी अफिसियली रुपमा ल्याएको हो । २०७६ वैशाख २ गते होटल सोल्टीमा औपचारिक उत्सवको आयोजना गरि नेपालमा बिग बस औपचारीक रुपमा सुरु भएको जानकारी गराइएको छ ।
नेपाल भित्रिएको यो रियालिटि सो नेपालकै एक नेपाली टेलिभिजन च्यानलबाट चाडैनै सुरु हुनेछ । यस कार्यक्रमको उदेश्य प्रतिभाहरुलाई सवैका माझ ल्याउनु तथा नेपाली चलचित्र उद्योगको विकासमा सहयोग पु¥याउनु रहेको छ । नेपालको इतिहासमा यो टेलिभिजनको सबैभन्दा ठूला पहिलो रियालिटी सो भएकोले यस मार्फत नेपाली चलचित्रको विकासमा सहयोग गर्ने लक्ष्य पुरा हुने तथा यसले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउने आयोजकले अपेक्षा लिएको छ ।
यस्तो कार्यक्रमले नेपाललाई विश्वमाझ चिनाउन समेत सहयोग पुग्नेछ । नेदरल्याण्डको इन्डिमोल साइनद्वारा ५४ देशमा सफलता पुर्वक संचालित बिग ब्रदर टिमको पुर्ण सहयोगले ५५ देश नेपालमा बिग बोस सफल बनाउने प्रतिबद्धता गरेको आयोजकले जनाए । देश अनुसार फरक फरक भाषामा सञ्चलित भएको यो कार्यक्रम नेपालमा नेपाली भाषामै प्रषारण हुनेछ । यसरी सञ्चालन हुने कार्यक्रम विग ब्रदरकै संरचना अनुसार हुनेछ । यो कार्यक्रमको सञ्चालन नेपालका एक उत्कृष्ट कलाकारले गर्नेछन् । बिग बोस भित्र रहने सहभागीहरु १०० दिन सम्म सञ्चार सम्पर्क विहिन रहि सहभागिता जानाई बिग बोसको ट्रफी जित्नेछन् ।
सम्बन्धित खबर
बाइडेनले त्यागे राष्ट्रपतिको उम्मेदवारी, कमला ह्यारिसलाई समर्थन
बंगलादेशमा राष्ट्रव्यापी कर्फ्यु जारी, ज्यान गुमाउनेको सङ्ख्या ३५ पुग्यो
अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प सुरक्षित, बाइडेनद्वारा घटनाको निन्दा
अक्षय कुमारलाई कोरोना संक्रमण
श्रीलङ्काका कप्तान हसरंगाले दिए राजीनामा
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग