पोखरा, ४ वैशाख । पोखराका पत्रकार अर्जुन गिरीलाई ठगीको विरुद्धमा कलम चलाएकै भरमा पक्राउ गरी मुद्दा चलाएकोमा विवेकशील साझा पार्टीले ध्यानाकर्षण भएको जनाएको छ । प्रेस काउन्सिलले हेर्ने मुद्दालाई सिआइबीले हेरेर हस्तक्षेप गरेको ठहर गर्दै पार्टीले कुनै व्यक्तिको ईशारामा देशको प्रहरी र प्रशासन चल्नु लज्जास्पद र यो सरासर प्रेस माथिको हस्तक्षेप भनेको छ ।
प्रदेश संयोजक महेश भण्डारीले बुधबार विज्ञप्ती जारी गर्दै प्रेस स्वतन्त्रता भएमात्र लोकतन्त्र सुन्दर हुने उल्लेख गरेका छन् । ‘समाचार लेखेको आधारमा एउटा पत्रकारलाई हतकडी लगाएर बन्दी बनाईनु यो कस्तो लोकतन्त्र हो ? विवेकशील साझा पार्टी, गण्डकीले सरकारको यो रवैया प्रति भत्र्सना गर्दछ।’ विज्ञप्तीमा उल्लेख छ ।
लोकतन्त्रको आन्दोलनमा साथ दिएको नेपाली पत्रकारितालाई लोकतान्त्रिक भनिएको सरकारले नै यसरी विभिन्न वहाना बनाएर अंकुश लगाईरहेकोमा विवेकशील साझा पार्टीले असन्तुष्टि व्यक्त गरेको छ । विज्ञप्तीमा भनिएको छः ‘तथ्यपरक पत्रकारिता गर्ने पत्रकारलाई किन झुठो मुद्दा लगाईएको छ ? यो सोचनीय विषय हो । यसले अहिलेको दुई तिहाई सरकारको दम्भ प्रस्टसँग झल्काउँछ।’
पार्टीले पत्रकार गिरीको तत्काल नि:शर्त रिहाईको माग गर्दै पत्रकार महासंघले उठाएको मागहरुप्रति ऐक्यबद्धता जनाएको छ ।
पत्रकारलाई समर्थन गर्ने पहिलो दल बन्यो विवेकशील साझा
पत्रकारको समर्थन गर्ने पहिलो दल बनेको छ बिवेवकशील साझा पार्टी । पक्राउ परेको तीन दिनसम्म पनि अहिलेसम्म दलहरु चुप छन् । सत्तासीन नेकपा चुँक्क बोलेको छैन । ठगी गरेको आरोप लागेका विपेन्द्र राज बतासको काँग्रेस शीर्ष नेता नै निकट रहेका कुराहरु सार्वजनिक भईरहेका छन् । त्यसैले हुन सक्छ, विरोध गर्नुपर्ने प्रमुख प्रतिपक्षी दल पनि मौन छ । पत्रकार गिरी स्वयं सत्तासीन नेकपाको शुभेच्छुक संगठन नेपाल प्रेस संगठनका नेता हुन् । उनी तत्कालिन नेकपा एमाले निकट प्रेस चौतारी, कास्कीको सचिवको जिम्मेवारी लिइसकेका छन् ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने