पोखरा, ४ वैशाख । पोखराका पत्रकार अर्जुन गिरीलाई ठगीको विरुद्धमा कलम चलाएकै भरमा पक्राउ गरी मुद्दा चलाएकोमा विवेकशील साझा पार्टीले ध्यानाकर्षण भएको जनाएको छ । प्रेस काउन्सिलले हेर्ने मुद्दालाई सिआइबीले हेरेर हस्तक्षेप गरेको ठहर गर्दै पार्टीले कुनै व्यक्तिको ईशारामा देशको प्रहरी र प्रशासन चल्नु लज्जास्पद र यो सरासर प्रेस माथिको हस्तक्षेप भनेको छ ।
प्रदेश संयोजक महेश भण्डारीले बुधबार विज्ञप्ती जारी गर्दै प्रेस स्वतन्त्रता भएमात्र लोकतन्त्र सुन्दर हुने उल्लेख गरेका छन् । ‘समाचार लेखेको आधारमा एउटा पत्रकारलाई हतकडी लगाएर बन्दी बनाईनु यो कस्तो लोकतन्त्र हो ? विवेकशील साझा पार्टी, गण्डकीले सरकारको यो रवैया प्रति भत्र्सना गर्दछ।’ विज्ञप्तीमा उल्लेख छ ।
लोकतन्त्रको आन्दोलनमा साथ दिएको नेपाली पत्रकारितालाई लोकतान्त्रिक भनिएको सरकारले नै यसरी विभिन्न वहाना बनाएर अंकुश लगाईरहेकोमा विवेकशील साझा पार्टीले असन्तुष्टि व्यक्त गरेको छ । विज्ञप्तीमा भनिएको छः ‘तथ्यपरक पत्रकारिता गर्ने पत्रकारलाई किन झुठो मुद्दा लगाईएको छ ? यो सोचनीय विषय हो । यसले अहिलेको दुई तिहाई सरकारको दम्भ प्रस्टसँग झल्काउँछ।’
पार्टीले पत्रकार गिरीको तत्काल नि:शर्त रिहाईको माग गर्दै पत्रकार महासंघले उठाएको मागहरुप्रति ऐक्यबद्धता जनाएको छ ।
पत्रकारलाई समर्थन गर्ने पहिलो दल बन्यो विवेकशील साझा
पत्रकारको समर्थन गर्ने पहिलो दल बनेको छ बिवेवकशील साझा पार्टी । पक्राउ परेको तीन दिनसम्म पनि अहिलेसम्म दलहरु चुप छन् । सत्तासीन नेकपा चुँक्क बोलेको छैन । ठगी गरेको आरोप लागेका विपेन्द्र राज बतासको काँग्रेस शीर्ष नेता नै निकट रहेका कुराहरु सार्वजनिक भईरहेका छन् । त्यसैले हुन सक्छ, विरोध गर्नुपर्ने प्रमुख प्रतिपक्षी दल पनि मौन छ । पत्रकार गिरी स्वयं सत्तासीन नेकपाको शुभेच्छुक संगठन नेपाल प्रेस संगठनका नेता हुन् । उनी तत्कालिन नेकपा एमाले निकट प्रेस चौतारी, कास्कीको सचिवको जिम्मेवारी लिइसकेका छन् ।
सम्बन्धित खबर
नेपाल पत्रकार महासंघ कास्कीको मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
पोखराको र्यान्डम रिडर्स सोसाइटीमा रमेश भुसालको छालबाटो
अधिकारी समाजको रक्तदान कार्यक्रममा ६० युनिट रगत संकलन
प्रचण्ड कप भलिबलको उपाधि एपीएफले जित्यो
प्रचण्ड कप भलिबल: एभरेस्टलाई हराउँदै न्यु डायमण्ड तेस्रो
आमा समूहका लागि माईन्यूट लेखन तालिम सम्पन्न
यो पनि पढौँ
अपडेट: मृतक तनहुँका मनोज भुजेल, स्याङ्जाका ट्याक्टर चालक र सहचालक पक्राउ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखराको वन क्याम्पस नजिकै सडकमा युवकको हत्या
वन विज्ञान क्याम्पस क्षेत्रका स्थानीय भन्छन्ः घटना राति नै भएको हुनसक्छ