पोखरा, ५ बैशाख । पोखराको प्रदेशसभा भवन नजिकै र लेखनाथमा बम भेटिएको छ । पोखराको नदीपुर स्थित प्रदेशसभा भवन नजिकै सडकमा कागजको डल्लो बेरेर राखेको अवस्थामा डेटोनेटर भेटिएको छ । त्यसलाई डिस्पोज गर्ने क्रममा सेना घाइते भएका छन् ।
बम डिस्पोज गर्न पुगेको कालिभञ्जन गणका सेना नायक धर्मबहादुर थापा घाइते भएका छन् । उनको हातमा चोट लागेको कास्की प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार पोखरा २९ स्थित लेखनाथ, सैनिक बस्तीमा शंकास्पद वस्तु भेटिएको छ । अहिले त्यहाँ डिस्पोज गरिदैंछ ।
पोखरा जिरोकिमि क्षेत्रमा पनि मध्यरातमा सडकमै टेपले बेरेको अवस्थामा प्रेसरकुकर भेटिएको थियो । तर, त्यसमा बम नभएको र पानी मात्र भएको डिएसपी कोमल शाहले बताए ।

Pic. Johny pun
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आज नेपाल बन्द घोषणा गरेको थियो । शंकास्पद बस्तुहरु पनि सोहि समूहले राखेको हुन सक्ने आशंका छ ।
यद्यपी, बन्दको प्रभाव पोखरामा सामान्य छ । लामो दुरीका गाडीहरु नचलेपनि निजी साधनहरु चलिरहेका छन् । पसलहरु भने अन्य दिनभन्दा कम खुलेका छन् ।
http://gandaknews.com/bom-pokhara-zero-kilo/
सम्बन्धित खबर
पोखराका पर्यटन व्यवसायी बन्दिपुरमा
बुद्धको उपदेश आजको विश्व परिवेशमा झन उपयोगीः थापा
लेखनाथ पत्रकार मञ्चमा पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत
युवाको शारीरिक तथा सामाजिक विकासमा खेलकुद महत्त्वपूर्णः प्रदेश प्रमुख भट्ट
बुद्ध जयन्तीको अवसरमा पेमा धेछेन्लिङ गुम्वामा प्रवचन हुने
अन्नपूर्ण पदमार्गमा नेपाली सेनाको सरसफाई अभियान सम्पन्न, २९० किलो फोहोर संकलन
यो पनि पढौँ
पत्रकार महासंघका पूर्व सदस्य बास्तोलाको निधन
पोखरामा वडाध्यक्षले एकै दिन कर्मचारी र व्यवसायीमाथि हातपात गरेपछि तनाव
कर्मचारी र व्यवसायीलाई हातपात गर्ने पोखराका वडाध्यक्ष पराजुली पक्राउ
पोखरा ४ का वडाध्यक्ष पराजुलीलाई ३ दिन हिरासत राख्न अनुमति