पोखरा : आठौं राष्ट्रिय खेलकुद अन्तरगत पोखरामा आजदेखि प्याराग्लाइडिङ प्रतियोगिता सुरु हुँदै छ । पहिलो पटक राष्ट्रिय खेलमा समावेश गराइएको प्याराग्लाइडिङ प्रतियोगिता आजदेखि आगामि बैशाख ९ गतेसम्म हुने भएको हो ।
प्रतियोगिताको उद्घाटन गत बिहिबार नै गण्डकी प्रदेशका सांसद राजिब पहारीले गरेका थिए । आजदेखि सुरु हुने प्रतियोगितामा गण्डकी प्रदेशबाट ४ जना महिला र १० जना पुरुष, कर्णाली प्रदेशबाट ४ जना पुरुष, प्रदेश १ बाट २ जना महिला र १० जना पुरुष, प्रदेश ३ बाट १ जना महिला र १० जना पुरुष, प्रदेश ७ बाट ४ जना पुरुष सहभागि भएका छन् । त्यस्तै नेपाली सेनाको त्रिभुबन क्लब बाट ३ जना महिला र १० जना पुरुषको सहभागि भएका छन् ।
टिम इभेन्ट तर्फ एक्यूरेसी र टिम क्रस कन्ट्रि तथा इन्डिभिजुअल एक्यूरेसी र इन्डिभिजुअल क्रस कन्ट्री गरी खेलमा दुई वटा इभेन्ट हुने प्रतियोगितामा खेलाडीहरुले ६ वटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगितामा आवश्यक सुरक्षाका प्रबन्ध, मोटर बाटो तथा आवश्यक परे हेलिकप्टर समेतको जिम्मेवारी नेपाली सेनाको राहत तथा उद्धार टोलीले लिएको छ ।
प्रतियोगिताबाट ¥याङ्किङको आधारमा ८ जना महिला र १६ जना पुरुष गरी २४ जना खेलाडीलाई राष्ट्रिय खेलाडी घोषणा गर्ने तयारी गरिरहेको नेफाले जनाएको छ । टिम इभेन्ट तर्फ एक्यूरेसी र टिम क्रस कन्ट्रि तथा इन्डिभिजुअल एक्यूरेसी र इन्डिभिजुअल क्रस कन्ट्री तर्फ घोषणा गरिने ति खेलाडीले नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद ९साग०का लागि छनौट समेत गरिने छ । १३ औं सागका लागि ‘वेष्ट अफ दि बेष्ट’ ¥याङ्किङको आधारमा ८ जना पुरुष र ५ जना महिला अन्तिम छनौटमा पर्नेछन् ।
सम्बन्धित खबर
पोखरामा मगर समुदायको भूमे पूजा
‘आरके हस्पिटालिटी प्रथम गण्डकी लोक तारा’ का लागि १८ जना छानिए, फाइनल असार ७ गते हुने
दुर्गा मन्दिरको कोटी दिप प्रज्वलनको आम्दानी खर्च सार्वजनिक
मादी ५ मा यौन तथा प्रजनन स्वास्थ्य शिविर
कास्की काँग्रेसले बुझायो मेयरलाई अवधारणा
प्रलेस, गण्डकीको सचिवालय गठन, नयाँ कार्ययोजना निर्माण
यो पनि पढौँ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखरामा सुन व्यापारीमाथि यौन दुर्व्यवहारको आरोप, ब्ल्याकमेल गर्ने महिलासहित ३ जना पक्राउ
माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान् श्रीमतिको मृत्यु
पोखरामा दुई वटा प्याराग्लाइडिङ दुर्घटना हुँदा फेवातालमा खसेका ४ जनाको सकुशल उद्धार