पोखरा : आठौं राष्ट्रिय खेलकुद अन्तरगत पोखरामा आजदेखि प्याराग्लाइडिङ प्रतियोगिता सुरु हुँदै छ । पहिलो पटक राष्ट्रिय खेलमा समावेश गराइएको प्याराग्लाइडिङ प्रतियोगिता आजदेखि आगामि बैशाख ९ गतेसम्म हुने भएको हो ।
प्रतियोगिताको उद्घाटन गत बिहिबार नै गण्डकी प्रदेशका सांसद राजिब पहारीले गरेका थिए । आजदेखि सुरु हुने प्रतियोगितामा गण्डकी प्रदेशबाट ४ जना महिला र १० जना पुरुष, कर्णाली प्रदेशबाट ४ जना पुरुष, प्रदेश १ बाट २ जना महिला र १० जना पुरुष, प्रदेश ३ बाट १ जना महिला र १० जना पुरुष, प्रदेश ७ बाट ४ जना पुरुष सहभागि भएका छन् । त्यस्तै नेपाली सेनाको त्रिभुबन क्लब बाट ३ जना महिला र १० जना पुरुषको सहभागि भएका छन् ।
टिम इभेन्ट तर्फ एक्यूरेसी र टिम क्रस कन्ट्रि तथा इन्डिभिजुअल एक्यूरेसी र इन्डिभिजुअल क्रस कन्ट्री गरी खेलमा दुई वटा इभेन्ट हुने प्रतियोगितामा खेलाडीहरुले ६ वटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगितामा आवश्यक सुरक्षाका प्रबन्ध, मोटर बाटो तथा आवश्यक परे हेलिकप्टर समेतको जिम्मेवारी नेपाली सेनाको राहत तथा उद्धार टोलीले लिएको छ ।
प्रतियोगिताबाट ¥याङ्किङको आधारमा ८ जना महिला र १६ जना पुरुष गरी २४ जना खेलाडीलाई राष्ट्रिय खेलाडी घोषणा गर्ने तयारी गरिरहेको नेफाले जनाएको छ । टिम इभेन्ट तर्फ एक्यूरेसी र टिम क्रस कन्ट्रि तथा इन्डिभिजुअल एक्यूरेसी र इन्डिभिजुअल क्रस कन्ट्री तर्फ घोषणा गरिने ति खेलाडीले नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद ९साग०का लागि छनौट समेत गरिने छ । १३ औं सागका लागि ‘वेष्ट अफ दि बेष्ट’ ¥याङ्किङको आधारमा ८ जना पुरुष र ५ जना महिला अन्तिम छनौटमा पर्नेछन् ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो