ओली नेतृत्वको सरकारले नेपाली जनताले तिरेको कर लुटिरहेका छन् : देउवा

ओली नेतृत्वको सरकारले नेपाली जनताले तिरेको कर लुटिरहेका छन् : देउवा

sher bahadur deuba

देउवाले केपी ओली नेतृत्वको सरकारले भ्रष्टाचारको सीमा नाघेको आरोप लगाउँदे देश गायक पशुपति शर्माले भनेजस्तै ‘लुट्न सके लुट कान्छा’सँग ठ्याक्कै मेल खाएको बताए ।

दुई तिहाईको सरकार सम्मृद्धि दिनभन्दा पनि भ्रष्टाचार र जनतामा आतङ्क मच्चाउन आएको जस्तो देखियो’, देउवाले भने ‘केपी शर्मा ओली नेतृत्वको सरकारले नेपाली जनताले तिरेको कर लुटिरहेका छन्।’

उनले ओली नेतृत्वको एकवर्षे शासनकालमा कर वृद्धि, मंहगी, भ्रष्टाचार, अशान्ति, अन्यायमात्र जनताले प्राप्त गरेको बताउँदै अगाडि भने, ‘वर्तमान सरकार तानाशाह बन्न खोजेको छ, लोकतन्त्रको रक्षा अब कांग्रेसले गर्नु पर्ने अवस्था आएको छ।’ उनले थपे, ‘सरकारले न्यायालय, अख्तियार, विश्वविद्यालय, चिकित्सा शात्र, संवैधानिक आयोग सबैलाई आफ्नो मुठ्ठीमा लिएर लोकतन्त्रको खिल्ली उडाइरहेको छ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ