एजेन्सी । शनिबार संसारको सबैभन्दा ठूलो विमानले पहिलो परीक्षण उडान गरेको छ । ‘स्ट्राटोलञ्च’ नाम दिइएको विमानलाई अमेरिकाको क्यालिफोर्निया राज्यमा रहेको एक मरुभूमिबाट उडाइएको थियो ।
लगभग अढाई घण्टा चलेको परीक्षण उडान क्यालिफोर्नियाको मोजावे मरुभूमिमा गरिएको थियो ।
विमानमा ६ वटा बोइङ ७४७ इन्जिन लागेको छ । विमान यति ठूलो छ कि यसको एउटा पखेटा फुटबल मैदानभन्दा ठूलो छ । यसलाई ‘स्केल्ड कम्पोजिट्स इन्जीनियरिङ कम्पनी’ले तयार पारेको हो । विमानलाई रकेट लिएर अन्तरीक्षसम्म उडान भर्ने हिसाबले निर्माण गरिएको छ । विमानमा अन्तरिक्षमा पुगेपछि सँगै लगिएको रकेट सुचारु हुने र भू–उपग्रहलाई अन्तरिक्ष खसाल्ने प्रविधि जडान गरिएको छ ।
हाल भू–उपग्रहलाई अन्तरिक्षमा पु¥याउन जमिनबाट उडाइने रकेट निर्विकल्पन रहदैं आएको छ । यस विमानको प्रयोग सुरु भएपछि यसले भू–उपग्रहको अन्तरिक्ष ढुवानीमा हाल जमिनबाट रकेट उडाइने तरिकाको विकल्प दिनेछ । यो माध्यमले भू–उपग्रह अन्तरिक्षमा पु¥याउन रेकटबाट हुने खर्चलाई निक्कै कम गर्नेछ ।
विमान हाल प्रयोग भइरहेको वायुयानकै जस्तो बडियुक्त हो । तर यसमा बडि आपसमा जोड्ने प्रविधि अपनाइएको छ । विमानका अन्य विवरणमा यसमा २ वटा इन्धन ट्याङ्की, ६ वटा इन्जिन र ११७ मिटर लामो पखेटा छन् । परीक्षणका क्रममा विमान अधिकतम ३०४ किमी प्रति घण्टाको रफ्तारसम्म पुगेको थियो भने यो १७ हजार फिट(५१८२)को उचाईमा पुगेको थियो ।
स्ट्राटोलञ्चलाई माइक्रोसफ्ट कम्पनीका सहसंस्थापक पल एलेनले लगानी गरेका थिए । तर अघिल्लो वर्ष अक्टोबरमा एलेनको मृत्यु भएपछि परियोजनाको भविष्यलाई लिएर प्रश्न उठेको थियो । तर हाल विमानको निर्माण निक्कै अघि पुगेको देखिएको छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु