नेकपाले टुंग्यायो ७७ जिल्लाका अध्यक्ष र सचिव, कास्कीमा अध्यक्ष थापा, सचिव तमु र ईञ्चार्जमा करण

नेकपाले टुंग्यायो ७७ जिल्लाका अध्यक्ष र सचिव, कास्कीमा अध्यक्ष थापा, सचिव तमु र ईञ्चार्जमा करण

Nekapa

पोखरा । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी एकताको झण्डै एक वर्षपछि जिल्ला कमिटीको पदाधिकारी टुंगो लगाएको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ जिल्लाको अध्यक्ष र सचिव टुंगो लगाएको हो । आज ७१ औं कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उक्त नामावली सार्वजनिक गर्ने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकले अबको केही दिनमा पोलिटब्यूरो गठन गरी सबै केन्द्रीय सदस्यहरुको कार्य्विभाजन समेत गर्ने प्रवक्ता श्रेष्ठले बताए । पोलिटब्यूरो संख्या जम्मा केन्द्रीय सदस्यहरुको एक तिहाई हुने बताइएको छ । आज दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा ७१ औं कम्युनिष्ट पार्टी स्थापाना दिवस समारोह मनाइनेछ । नेकपाको जिल्ला पदाधिकारी चयनमा पूर्वएमालेको दुई गुट ओली र माधव नेपाल समूहबीच विवाद थियो । नेकपाले जनप्रतिनिधिलाई कार्यकारी पद नदिने मापदण्ड बनाएको थियो तर, ओली समूहले वरिष्ठतालाई मिचको एकलौटी गरेको नेपाल समूहको दाबी थियो ।

यहि विवादले एकता प्रक्रिया लम्बिएपछि हालै मात्र प्रचण्डले जनप्रतिनिधि भएपनि जिल्लाको कार्यकारी पदमा चयन गर्ने नयाँ प्रस्ताव राखे, जसमा दुबै नेता सहमत भए । स्रोतका अनुसार भागवण्डा गर्दा पूर्वएमालेले अध्यक्ष पाएको जिल्लामा तत्कालीन एमालेको अध्यक्ष जनप्रतिनिधि भएको भएपनि उनलाई नै एकीकृत पार्टीको जिल्ला अध्यक्ष बनाइनेछ ।

सचिव पाएको जिल्लामा पनि तत्कालीन एमालेको अध्यक्ष नै घटुवा भएर जिल्ला सचिव हुने पर्नेछ । पार्टीको निर्णय भएकाले पद लिन्न भन्न नपाइने एक नेताले बताए । नेताहरूका अनुसार तत्कालीन एमाले र माओवादीबीच जिल्ला अध्यक्ष र सचिवमा ६०–४० भागवण्डा हुनेछ । महासचिव विष्णु पौडेलले तयार पारेको सूचीलाई अध्यक्षद्वयले अन्तिम रुप दिएपछि मात्र सार्वजनिक गरिने एक नेताले बताए ।

नेताहरूको असन्तुष्टि

तर जिल्ला अध्यक्ष र सचिवको सूची हेर्न नपाएको भन्दै सचिवालयकै नेताहरुले असन्तुष्टि पोखेका छन् । सचिवालयको बैठकमा तत्कालिन एमाले र माओवादीले कुनकुन जिल्लाको कुन पद पाए र को चयन भए भन्ने जानकारी दिइएन । बामदेव गौतम लगायतले नेताहरुले अध्यक्षद्वयसँग सूची मागेका थिए । तर सिफारिसअनुसार भयो भन्दै दुवै अध्यक्ष पन्छिएका छन् । एक नेता भन्छन्,’ भोलि दिन्छौं भनेर नेताहरुले टार्नुभयो ।’

कास्कीमा अध्यक्ष थापा, सचिव तमु र ईञ्चार्जमा करण

एकीकरणसँगै कास्कीमा साविक एमालेले अध्यक्ष र माओवादीले सचिव पाएका छन् । कास्कीमा तत्कालिन एमाले ठूलो पार्टी पनि हो । तत्कालीन नेतृत्व नै एकीकरणपछिको अध्यक्ष हुने भएकोले कास्कीको अध्यक्षमा कृष्ण थापा चयन भएका छन् । यस्तै, सचिवमा माओवादीका बखानसिंह तमु चयन भएको श्रोतको भनाई छ ।

श्रोतका अनुसार कास्की जिल्लाको इञ्चार्जमा राजकाजी गुरुङ करणको नाम बाहिरिएको छ । उनी हाल नेकपाको केन्द्रिय सदस्य हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ