गण्डकी प्रदेशका प्रत्येक सांसदलाई आफुखुशी बजेट बाँड्न २ करोड बजेट

गण्डकी प्रदेशका प्रत्येक सांसदलाई आफुखुशी बजेट बाँड्न २ करोड बजेट

Gandaki Pradesh Cabinet

पोखरा । गण्डकी प्रदेशका सांसदले पनि आफुखुशी बजेट बाँड्न पाउने भएका छन् । प्रदेश सरकारले आगामी आर्थिक बर्षबाट सांसद विकास कोष शीर्षकमा हरेक सांसदलाई २ करोड विनियोजन गर्न लागेको हो ।

चौतर्फी रुपमा सांसद विकास कोषको बजेटमाथी गुनासो पनि उत्तिकै छ । सांसद विकास कोषको बजेटलाई सबैले ‘कार्यकर्ता पोस्ने पैसा’ को रुपमा अथ्र्याउँछन् । सत्तारुढ र प्रमुख प्रतिपक्षी सहित संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलले सांसदले खर्च गर्ने गरी बजेट विनियोजन हुनुपर्ने आवाज उठाउँदै आएका थिए ।

प्रदेशको पहिलो बजेटमै सांसद विकास कोषमा बजेट छुट्याउनुपर्ने सांसदहरुको माग थियो । तर सरकारले एकद्धार प्रणालीबाट बजेट खर्च गर्नुपर्ने भन्दै बजेट दिएन । दोश्रो बजेटमा निर्वाचित सांसदले प्रश्ताव गर्ने गरी एक निर्वाचन क्षेत्र एक नमूना सडक निर्माणको योजना अघि सारियो । यसका लागि प्रत्येक निर्वाचन क्षेत्रमा २ करोड १० लाख रुपैयाँ विनियोजन समेत भएको छ ।

सांसदको गरिमा कमजोर भएको भन्दै अहिले पुनः बजेट बाँड्न लागिएको बताईन्छ । केन्द्र र अन्य प्रदेशमा पनि यो ब्यवस्था भएका कारण सांसद मार्फत पैसा जनताको घरदैलोमा पुर्याउने कुरा ठूलो ईस्यु नभएको सांसदहरुको भनाई छ ।

सिष्टम गलत भनेका मुख्यमन्त्री नै सहमत !

‘यति नै भन्ने छैन । केन्द्रले ४ करोड दिन्छ । हामी पनि २ करोड दिने होला–मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भने ।’ सांसदहरुको दवाव र अरु प्रदेशले पनि सांसद विकास कोषबाट बजेट बाँडेका कारण आँफूहरुले रोक्न नसकेको उनले सुनाए । ‘ब्यक्तिले पैसा बाँड्ने त होईन । यो सिस्टम गलत हो । तर ५, ६, ७ प्रदेशतिर माननीय ज्यूहरु घुम्नु भो । त्यतातिर अथाह सुविधा छ, उनी भन्छन्–हामीले सुविधा दिन सकेको पनि छैन । सांसद विकास कोष मार्फत बजेट दिने कि भन्ने सोचेका छौं ।’ निर्वाचन क्षेत्रमा हुने सानातिना आयोजना र कार्यक्रममा खर्च गर्ने गरी बजेटको ब्यवस्था गर्न लागिएको उनको भनाई छ ।

पैसा लिन विपक्षी दलको पनि साथ !

विपक्षी दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले सांसद मार्फत बजेट खर्च गर्नु नराम्रो नभएको बताए । ‘जनताले विकास खोजेका छन् । हामी जनताको बीचमा विकास लैजान चाहान्छौं । सरकार खर्च गर्न चाहान्छ, उनले भने–यी तीनवटा चिजको मेकानिजम मिलाउनुस् । पोलिसिगत रुपमा नीति बनाएर पैसा दिने कुरालाई अन्यथा मान्न हुँदैन ।’

डिएनए नेपालमा प्रकाश ढकालले लेखेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ