गण्डकी प्रदेशमा दिनभर : घाम ताप्दै सुतेका श्यामसुन्दरको ओछ्यानमै मृत्यु, एक जनाको शव फेला

गण्डकी प्रदेशमा दिनभर : घाम ताप्दै सुतेका श्यामसुन्दरको ओछ्यानमै मृत्यु, एक जनाको शव फेला

Gandaki Aaja

पोखरा :  मुस्ताङमा सुतेकै ठाउँमा एक जनाको मृत्यु भएको छ । आइतबार मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका वडा नम्बर १ मा अन्दाजी ५० बर्षीय श्यामसुन्दर सध्याको सुतेकै ठाउँमा मृत्यु भएको हो ।
धनगढी नगरपालिका वडा नम्बर १२ घर भएका उनी मुस्ताङकै काष्ठमण्डप कन्ट्रक्सन प्रालिमा कार्यरत थिए ।

प्रहरीका अनुसार म्याट्रेक्स ओछ्याएर घाम ताप्दै सुतेका सध्याको आइतबार मृत्यु भएको हो । सुतेकोमा लामो समय सम्म पनि अचेत अबस्थाा देखेपछि स्थानीय र प्रहरीले उपचारको लागि नजिकैको स्वास्थ्य चौकीमा लगेका थिए । तर, स्वास्थ्य चौकीका चिकित्सकहरुले उनलाई मृत घोषणा गरेको हो । घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

नवलपरासीमा शव फेला
नवलपरासीको गैडाकोट नगरपालिका वडा नम्बर १४ मा एक जनाको शव फेला परेको छ । आइतबार उक्त ठाउँमा अन्जादी ४० बर्षीय पुरुषको शव फेला परेको हो ।

प्रहरीका अनुसार अहिलेसम्म शवको सनाखत हुन सकेको छैन । घटनाको विषयमा थप अनुसन्धान भईरहेको  छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ