पोखरा । कास्की प्रहरीले पक्राउ गर्न नसकेको गण्डकी मेडिकल कलेजका अध्यक्ष खुमा अर्याल धरौटीमा रिहा भएका छन् । कास्की प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि फरार अर्याल सोमबार जिल्ला अदालतबाट धरौटीमा रिहा भएका हुन् । उनी वकिल सहित सोमबार अदालत हाजिर भएका थिए ।
जिल्ला न्यायधिस लालकाजी श्रेष्ठको इजलासले अर्याललाई १७ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । अर्यालसँगै पक्राउ पुर्जी काटिएका ८ जना रिहा भैसकेका छन् । कलेजका विद्यार्थीहरुले ठगीको आरोपमा अर्यालसहित ११ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । विद्यार्थीहरुको जाहेरीका आधारमा कास्की प्रहरीले फागुन २१ गते पक्राउ पुर्जी जारी गरेको थियो । सोही जाहेरीको भोलिपल्टै २ जनालाई पक्राउ समेत गरेको थियो । पक्राउ परेकाहरु गत चैत १८ गते नै जनही १७ लाख बुझाएर रिहा भएका थिए ।
यसअघि कलेजका कर्मचारीहरु दिनेश पौडेल, युवराज शर्मा, कृष्णप्रसाद पौडेल एकसाता अघि रिहा भएका हुन् । प्रिन्सिपल डा. रवीन्द्रप्रसाद श्रेष्ठ, कर्मचारी हरिमाया ढुंगाना पौडेल र विश्वराज घिमिरे अहिलेसम्म पनि फरार छन् । विद्यार्थीले ५३ करोड ठगी गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय र सम्पत्ति शुद्धिकरण विभागमा सञ्चालकविरुद्ध उजुरी दिएका थिए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने