पोखरा विश्वविद्यालयमा रोकिएको परीक्षा आगामी सोमबार अर्थात् १६ वैशाखबाट सुरु हुने भएको छ । विद्यार्थीहरू आन्दोलनमा उत्रिएपछि विश्वविद्यालयले चालू शैक्षिक सत्रमा तीनपटक परीक्षा मिति हेरफेर गरेको थियो ।
गत फाल्गुन ३० गते हुने भनिएको परीक्षा चैत्र ३० मा सारिए पनि विद्यार्थी आन्दोलनले परीक्षा हुन सकेको थिएन। विद्यार्थीले गरेको आन्दोलन र तालाबन्दीका कारण वैशाख ६ गते सञ्चालन गर्ने भनिएको ४ संकायको परीक्षासमेत स्थगित भएको थियो। तर लामो समयदेखि ’डी प्लस’ ग्रेड भर्ना सम्बन्धमा विश्वविद्यालयमा रहेको विवाद सुल्झिएपछि परीक्षाको नयाँ मिति तोकिएको हो ।
डी ग्रेड ल्याउने विद्यार्थीको रजिष्ट्रेशन लिन नहुने विषयको माग गर्दे विद्यार्थी समूह आन्दोलनमा उत्रिएका थिए। पटकपटक परीक्षा मिति फेरबदल हुनुका साथै विद्यार्थीले गरेको आन्दोलन नरोकिएपछि प्राज्ञिक परिषद्ले ’डी प्लस’ ग्रेड ल्याउने विद्यार्थीको रजिष्ट्रेशन नहुने निष्कर्षमा निकालेको थियो।
सोमबारबाट सुरु हुने परीक्षा विभिन्न संकायको गरी असार ७ गतेसम्म जारी रहने छ। परीक्षालाई व्यवस्थित, मर्या्दित रूपमा सञ्चालन गर्नका सम्बन्धित सरोकारवाला पक्षलाई सहयोग गरिदिन विश्वविद्यालयले आग्रह गरेको छ।
सम्बन्धित खबर
कृषि लगानीमा लघुवित्त प्रभावकारी, जीवनस्तरमा सकारात्मक परिवर्तन
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’