सिरहामा एक युवतीमाथि मट्टितेल छर्किएर जिउँदै जलाएर हत्या गर्ने प्रयास भएको छ । सिरहा नगरपालिका–८ की २१ वर्षीय कन्चन मण्डललाई बिहीबार पति र सासु मिलेर जिउँदै जलाएर हत्या गर्ने प्रयास गरेका हुन् ।
कन्चनको शरीरको ५० प्रतिशत माग जलेको बताइएको छ। जलिरहेको अवस्थामा देखेपछि उनलाई छिमेकीहरुले धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । तर, अस्पतालले उपचार सम्भव नभएको जनाएपछि राति पौने २ बजे उनलाई काठमाडौं ल्याइएको एक छिमकीले बताए ।
कन्चनको अहिले किर्तिपुर अस्पतालमा उपचार भइरहेको उनलाई सिरहादेखि काठमाडौं ल्याउन सहयोग र्पुयाउने जिता गुरुङले जानकारी दिइन् । श्रीमतीलाई जिउँदै जलाउन खोज्ने पति बेचन मण्डल फरार छन् भने कन्चनकी सासुलाई भने सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसअघि गएको बैशाख ५ गते धनुषाको शहिदनगर नगरपालिका–१, पुरवारी टोल चिरैयाकी २० वर्षीया नवविवाहिता निर्मला यादवलाई पति मुकेश यादव गोइतले शरीरमा मट्टितेल खन्याएर आगो लगाएका थिए ।तराई क्षेत्रमा दाइजो नल्याएको तथा कम ल्याएको भन्दै महिलामाथि गम्भीर प्रकृतिका हिंसा हुने गरेका छन् ।
nepallive.com
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
रवि लामिछानेसँग सभापति भिड्न आँटेका साहलाई प्रतिनिधिबाट हटाइयो
हिरासतभित्रै छिरेर ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री गुरुङविरुद्ध उजुरी
फेवातालमा बेपत्ता युवकको शव फेला
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्