पोखरा मालेपाटनमा मोतिलाल सुतिरहेकै अवस्थामा मृत फेला

पोखरा मालेपाटनमा मोतिलाल सुतिरहेकै अवस्थामा मृत फेला

Motilal

पोखरा महानगरपालिका वडा नं. ५ मालेपाटनमा एक ब्यक्ति सुतिरहेको अवस्थामा मृत फेला परेका छन् । बर्दिया जिल्ला मोतिहार ३ बासगढी घर भई पोखरामा मान्छे छाड्न आएका ड्राइभिङ गर्ने मोतिलाल चौधरी आज बिहान मृत फेला परेका हुन् । स्थानीय शान्तिमार्ग स्थित ईन्दिरा कँडेलको घरमा सुतिरहेकै अवस्थामा उनको मृत्यु भएको हो ।

वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी कोमल शाहका अनुसार चौधरी चालक हुन् । हिजो बर्दियाबाट मान्छे छाड्न पोखरा आएका थिए । पोखरा आईपुग्दा रात परेकाले यतै सुतेर विहानै ४ बजे बर्दिया फर्कने योजनामा थिए । बेलुकी चाँडै नै खाना खुवाएर घरको एउटा कोठाको भुईंमा ओछ्यान लगाएर सुताइएको थियो । तर, बिहान नउठेपछि हेर्दा मृत अवस्थामा फेला परेका थिए ।

डिएसपी शाहले अहिले चौधरीको आफन्तलाई कुरिरहेको जनाए । सुत्केरी खान बर्दिया गएका मोती सरा सिग्देल, बन्दना सिग्देल र शारदा सापकोटालाई लिएर चौधरी पोखरा आएका थिए ।

तस्विरः तीर्थ केसी

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ