पोखरा । लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ बी १ नेपालको गभर्नरको लाइनमा विश्वेश्वर आचार्यले इन्ट्री मारेका छन् । पोखरामा सम्पन्न क्लबको सातौ बार्षिक अधिबेशनबाट गभर्नरमा ईन्दु लम्साल, प्रथम भाईस डिस्ट्रिक्ट गभर्नरमा मनबहादुर रोका चयन भए ।
गभर्नर लम्साल र फर्स्ट भाइस डिस्ट्रिक गभर्नर रोका लायन्सको विधी अनुसार एस भोटका आधारमा निर्वाचित भएका हुन् । सेकेण्ड भाइस डिस्ट्रिक्ट गभर्नर नै दुई कार्यकाल पछिको स्वतः नेतृत्वमा रहने भएकाले यस पोष्टमा रस्साकसी चल्छ ।
विश्वेश्वर आचार्य ५ सय ४४ मतका साथ विजयी भए । उनका प्रतिष्पर्धी ध्रुव श्रेष्ठले ३ सय ३० मत पाए । दुवै जना पोखराका भएकाले पनि यस पटक बढी चर्चा भएको थियो । ध्रुबले ४२ वर्षसम्म लायनवाद बोकी हिँडेको भन्दै लायनहरुलाई आफ्नो पक्षमा पार्न खोजे भने युवा व्यक्तित्व विश्वेश्वर पनि काम गरेर देखाउने भन्दै अघि बढे ।
लायन्स समाजसेवा कि व्यापार व्यवसाय ?
पोखरामा शुक्रबार र शनिबार लायन्स डिस्ट्रिक्ट ३२५ बी १ को सातौं महाधिवेशन प्रदर्शनी केन्द्रमा चलेको थियो । लायन्स भनेको समाजसेवा हो भनेर सबैले चिनिरहँदा लायन्सको चुनाव उद्योगी व्यापारी जस्तो भएको भन्दै आलोचना उत्तिकै भए । कुनै पनि चुनावी कार्यक्रमलाई शान्तर र सभ्य ढंगले सम्पन्न गर्न प्रहरीको साथ सहयोग लिन सकिन्छ तर कार्यक्रममै बाउन्सर राखेर दादागिरी र गुण्डागर्दी हुन सक्नेतर्फ इंगित गरेको भन्दै उत्तिकै आलोचना भएको छ ।

लायन्स ३२५ बि १ मा पोखरा, लमजुङ, तनहुँ, बाग्लुङसहित गण्डकी प्रदेशका लायन्स क्लबहरु आवद्ध छन्। महाधिवेशनमा करिब ४ हजार लायन्सहरु पोखरा आए । सेकेण्ड भाइस डिष्ट्रिक्ट गर्भनर पदमा यो संस्थासँग आवद्ध सबै लायन्स क्लवहरुले मतदान गरे । निर्वाचनमा काठमाण्डौंसहित गण्डकी प्रदेशमा रहेका करिब १ हजारजनाले मतदान गरे । लायन्स क्लबमा १५ जना सदस्य भए एकजनालाई मताधिकार दिइन्छ भने २० जना सदस्य भएको क्लबले २ वटा मत हाल्न पाउँछन् । २५ भन्दा बढी सदस्य भएका क्लबको हकमा ३ भोटको ब्यवस्था गरिएको छ। लायन्स ३२५ बि १ मा २ सय ६७ भन्दा बढी क्लब र १० हजारभन्दा बढी सदस्य आवद्ध रहेका छन्।

सम्बन्धित खबर
जेन-जी आन्दोलनमा आगजनी, तोडफोड र लुटपाट गर्नेको खोजी तीव्र, सहयोगका लागि कास्की प्रहरीको अपिल
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
नागरिक समाजले पोखराबाट राष्ट्रपतिलाई पठायो पत्र- जेनजीको प्रभावकारी उपस्थितिका लागि सशर्त संसद पुनःस्थापना गर्नुपर्छ
जेनजी आन्दोलनमा ट्राफिक कार्यालयबाट मोटरसाइकल चोर्ने पक्राउ
दिर्घायु हस्पिटल पोखरामा लापरबाहीको आरोप: ‘एक ठाउँमा सानो घाउ, बेग्लै ठाउँमा शल्यक्रिया’
जेनजी आन्दोलनमा बाइक जलाइएपछि देउसीभैलो खेलेरै किने प्रहरीले
यो पनि पढौँ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
प्रतिभाको विज्ञान प्रदर्शनीमा ‘सर्भिङ रोबोट’ सर्वोत्कृष्ट