नेपाल लगातार एसीसी यू-१६ इस्टर्न रिजन च्याम्पियन, मलेसिया ५९ रनले पराजित

नेपाल लगातार एसीसी यू-१६ इस्टर्न रिजन च्याम्पियन, मलेसिया ५९ रनले पराजित

ACC

नेपाल लगातार एसीसी यू१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको च्याम्पियन भएको छ । थाईल्यान्डमा जारी प्रतियोगिताको फाईनलमा मलेसियालाई ५९ रनले हराउँदै लगातार दोस्रो पटक उपाधि उचाल्न सफल भएको हो । गत संस्करणमा नेपालले सिंगापुरलाई ७१ रनले पराजित गर्दै उपाधि जितेको थियो ।

प्रतियोगितामा सिंगापुर तेस्रो भयो । सिंगापुरले हङकङलाई ८१ रनले पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो । योसंगै नेपालले मलेसियालाई लगातार दुई खेलमा पराजित गर्दै प्रतियोगिताको उपाधि उचाल्यो । समूह चरणको भेटमा नेपालले मलेसियालाई ३९ रनले पराजित गरेको थियो ।

नेपालले समुह चरणको खेलमा म्यानमारलाई ७ विकेटले पराजित गरेको थियो । त्यस्तै थाईल्यान्डसँगको खेलमा वर्षले गर्दा रद्ध भएको थियो । सेमिफाईनल खेलमा नेपालले हङकङलाई ४ विकेटले पराजित गरेको थियो ।

नेपालले दिएको १ सय ४१ रनको मध्यम लक्ष्य पछ्याएको मलेसियाले निर्धारित ३५ ओभरमा ३४.५ ओभर खेल्दै सबै विकेट गुमाएर ८१ रन मात्र बनाउन सक्यो । उसका लागि मोहम्मद हाजिक ऐमानले सर्वाधिक १८ रन बनाउँदा ओपनर वान मोहम्मद अजामले १६ रनको योगदान दिए । जिनेद्र मुरलीले १४ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याट्समेनले दोहोरो रनको स्कोर छुन सकेनन् ।

मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका विशाल कुमार पटेलले सर्वाधिक ४ विकेट लिए । ७ ओभर बलिङ गरेका उनले १ मेडन राख्दै १८ रन खर्चिए । यस्तै दीपक बोहोराले ३ विकेट लिए । समान ७ ओभर बलिङ गरेका उनले १ मेडन राख्दै १६ रन खर्चिए । ६ ओभरमा एक मेडन राखेका निखिल कुमार सिंहले १ मेडन राख्दै ६ रन खर्चिएर १ विकेट हात पारे । यस्तै क्रिश कार्कीले १ रन खर्चिएर १ विकेट लिए ।

यसअघि थाईल्यान्डको प्रेम इन्टरनेशनल स्कुलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १ सय ४० रन बनाएको थियो । नेपालका लागि प्रसान्त महतले सर्वाधिक ४० रनको योगदान दिए। उनले ६७ बलमा ५ चौका प्रहार गरे । ओपनर दिपक बोहाराले २३, सुसान्त थापा ५, आईस भट्टराई २,कप्तान विशाल विक्रम केसीले १७, रोहन दुधराज विक ९ र विशाल कुमार पटेल २ रनमा आउट भए । यस्तै कृष कार्की ९, निखिल कुमार सिंह १३ र तिलक राज भण्डारीले ८ रन जोडे । मलेसियाका लागि सचिनु हेतेगेले ३, जिनेन्द्र मुरली २, अहमद अकमल अलिफ, सिद्धार्थ कार्तिक, मोहम्मद इमरुल असराफ र सर्वेन सुरेन्द्रनले समान एक विकेट लिए थिए ।

Pre Event Briefing of ACC U16 EASTERN REGION 2019 held at Chiang Mai,Thailand on the 20 April 2019

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ