पोखरामा अनुमति विना फोटो-भिडियो खिच्ने विदेशी नागरिक पक्राउ

पोखरामा अनुमति विना फोटो-भिडियो खिच्ने विदेशी नागरिक पक्राउ

drone-pokhara

पोखरा । अनुमति विना ड्रोन उडाएर फोटो तथा भिडियो खिचेको आरोपमा प्रहरीले एक जना विदेशी नागरिकलाई पक्राउ परेको छ । पोखरा महानगरपालिका वडा नं ६ लेकसाइडमा अनुमति विना ड्रोन क्यामेरा उडाएर फोटो तथा भिडियो खिचेको आरोपमा प्रहरीले पोर्चुगलका नागरिक मार्को आन्द्रे फर्नान्डेज पेस्टानालाई पक्राउ गरेको हो ।

अनुमति विना ड्रोन उडाएर शंकास्पद गतिविधि गरेकाले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पर्यटकलाई प्रहरीले पक्राउ गरी नागरिक उड्डयन प्राधिकरणलाइ बुझाएको छ ।

नागरिक उड्डयन प्रधिकरणा अनुसार उनको पाँच हजार छ सय ५० रुपैँया जरीवाना गरी क्यामरामा गरिएको छ । उनले क्यामेराबाट गरेको फोटो तथा भिडियो डिलिट गरेर अनुमति विना ड्रोन नउडाउने सर्तमा छाडिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ