एजेन्सी । भारतमा बिहेको लागि छुट्टी नपाएपछि एक सैनिक जवानले आफ्नै हाकिममाथि गोली प्रहार गरेका छन् । असाम राज्यमा सशस्त्र प्रहरीबलको रुपमा कार्यरत रहेका २५ बर्षीय लक्ष्मीकान्त बर्मनले उनका हाकिम सब इन्सपेक्टर भोलानाथ दासमाथि गोली चलाएका हुन् ।
सुरुमा लक्ष्मीकान्त बर्मनले आफ्नो विवाहकालागि छुट्टी मागेका थिए । तर भारतमा भईरहेको लोकसभाको निर्वाचनका कारण हाकिम दासले छुट्टी दिएका थिएनन् । सोही छुट्टी नदिएको झोकमा आँफैले बोकेको इन्सास राइफलबाट अन्धधुन्द गोली चलाउँदा हाकिमको ज्यान गएको छ । भने अन्य दुईजना गम्भीर घाइते भएका छन् । उनले इन्सास राइफलबाट १३ राउण्ड गोली फायर गरेका थिए ।
लक्ष्मीकान्त डिप्रेशनका विरामी भएको उनका साथिहरुले जनाका छन् । हावडाको बग्नानमा चुनावी सुरक्षामा खटिएका सेन्ट्रल फोर्समा खटएका बेला बिहीबार सो घटना भएको हो । टाइम्स अफ इन्डियाको समाचारअनुसार आगामी मे २० मा उनको विवाह हुने तय भएको थियो ।
This will close in 3 seconds
सम्बन्धित खबर
‘मानिया’ इनर्जी ड्रिंक पिउँदा तामाङ्गले जिते ३२ इन्चको एलइडी टिभी
पोखरा -१५ मा तीज गीत प्रतियोगिता, माछापुच्छ्रे चौतारी आमा समूह पहिलो
स्वास्थ्यमन्त्री पाठकको पहिलो निर्णय : नसर्ने रोगको स्क्रिनिङ गर्ने
गण्डकीका पाँच वटै यातायात कार्यालयमा हेल्प डेस्क राख्ने निर्णय
गण्डकीका स्वास्थ्यमन्त्री: माओवादीको विरोध गर्दा ‘डेथ वारेन्ट’
बुवाको मुख हेर्ने दिनमा सफल दहीको शुभकामना सन्देश
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग