पोखरा । आफ्नै होटलमा बसेका तीन जना बिहारीहरुले झण्डै ज्यान लिएन शालिग्राम पौडेलको । पोखराको पृथ्वीचोकस्थित होटल निलकमलका सञ्चालक शालिग्राम पौडेललाई अपहरण गरी ज्यान लिन खोज्ने तीन जना भारतीयहरु अहिले कास्की प्रहरी खोरमा छन् ।
भारत विहार बनारपुरका ३९ वर्षीय सुनिल कुमार तिवारी, सोही ठाउँका सुन्दरम तिवारी र अविजित राय प्रहरी नियन्त्रणमा छन् । वडा प्रहरी कार्यालय, बैदामबाट खटिएको इन्स्पेक्टर विजय भण्डारीको नेतृत्वको टोलीले उनीहरुलाई स्याङ्जाको फेदीखोलाबाट बुधबार बिहान पक्राउ गरेका थिए । कार्यालय प्रमुख डिएसपी कोमल शाहका अनुसार स्याङ्जा प्रहरीसँग समन्वय गरी अपहरणकारीलाई फेदीखोलाबाटै नियन्त्रणमा लिइएको थियो ।
यस्तो छ घटना विवरणः
स्याङ्जा पुतलीबजार १३ मुसिडाँडा स्थायी घर भएका २९ वर्षीय शालिग्राम पौडेलले कतारमा दुःख गरे । केही रकम जोडजाम गरेर फर्किए । पोखरामै केही व्यवसाय सुरु गर्ने योजना बनाए । नयाँ वर्षको दिनदेखि पृथ्वीचोक स्थित होटल निलकमल सञ्चालन गरे ।
उनको यसै होटलमा गत मंगलबार साँझ तीन जना भारतीयहरु आइपुगे । भारतको विहारबाट पोखरा आएका सुनिलकुमार तिवारी, सुन्दरम तिवारी र अविजित राय मंगलबार साँझ ५ बजे होटल निलकमल छिरेका थिए । त्यस रात होटलमै बसे । झण्डै २५ हजार बराबर खाना र बस्नका लागि खर्च भयो । बुधबार बिहान ८ बजेतिर होटल छाड्न लागे । तर आफुहरुसँग पैसा नभएकोले एटिएमबाट पैसा निकालेर दिने भन्दै उनीहरुले पौडेललाई आफैले ल्याएको गाडिमा राखेर सृजना चोकतर्फ लागे ।
उनीहरुसँग बी आर १ सी डब्लू ५२७४ नम्बरको कार पनि थियो । सो कारमा पौडेललाई चढाएर राष्ट्र बैंक चोक हुँदै ड्यामसाईड पुगेर एक होटलमा चिया पनि पिलाए । पृथ्वीचोकबाट ड्यामसाईडसम्म पुग्दा आफुलाई शंका लागेकोले पौडेलले तिमीहरुले के गर्न खोजेको ? भन्दै प्रश्न गरे । पौडेलले प्रहरी र आफन्तलाई फोन गर्न खोज्दा उनीहरुले मोबाईल नियन्त्रणमा लिएर मुख थुनेर कुट्दै घाँटी अठ्याएका थिए ।
गुडिरहेको गाडिबाट चिच्याउँदै उनले खुट्टाले कारको ढोकामा हान्दा ढोका खुलेर ग १ ज १८८९ नंम्बरको ट्याक्सिसँग ठोकिएको थियो । ट्याक्सिका चालक तोयनाराण ढकालले ‘मलाई बचाउ’ भन्ने आवाज सुनेपछि अपहरणकारीले गुडिरहेको गाडीबाट पौडेललाई बाहिर हुत्याईदिएका थिए ।
सडकमा बजारिएका पौडेललार्ई स्थानीयले उद्धार गरी छोरेपाटन प्रहरी चौकी पु¥याइ बैदाम प्रहरीलाई खबर गरेका थिए । तत्कालै केही युवाले उक्त गाडिको पिछा गरेका थिए । पौडेललाई अपहरण गरेर भागेको कार भोटे क्याम्प हुँदै प्रहरी चौकी छलेर स्याङ्जाको फेदीखोला पुगेको थियो । फेदीखोलामा स्याङ्जा प्रहरीको समन्वयमा कार र अपहरणकारी समातिए । भइरहेको छ । अपहरणमा परेका पौडेलको अहिले पोखराको फिस्टेल अस्पतालमा उपचार भइरहेको छ । उनको दुवै हात र खुट्टामा चोट लागेको छ ।
अपहरणकारी तीन जनालाई मुद्धा थप
अपहरणमा संलग्न ३ भारतीय नागरिकमाथि म्याद थप गरी अनुसन्धान थालिएको छ । उनीहरुलाई कास्की प्रहरीको हिरासतमा राखेर थप अनुसन्धान गरेको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा बैंक खाता र उनीहरुको सम्बन्धबारे अनुसन्धान गर्न बाँकी रहेको अनुसन्धान अधिकृत बताउँछन् । उनीहरुलाई शरीर बन्धक र अपहरणसम्बन्धीको मुद्दा दर्ता गर्ने तयारी गरिएको छ ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो