पोखरा । पोखरा उपत्यकामा १६ बर्षभन्दा मुनिका ८० प्रतिशत बालश्रमिक रहेको तथ्याङ्क सार्वजनिक भएको छ । शनिवार पोखरा उद्योग वाणिज्य संघले बालश्रम न्यूनिकरण कार्यक्रम मार्फत उपत्यकामा १६ बर्षभन्दा मुनिका ८० प्रतिशत बालश्रमिक रहेको तथ्याङ्क सार्वजनिक गरेको हो ।
तथ्याङ्कका अनुसार कास्कीमा हाल ३६८ जना बालबालिका घरेलु श्रमीक रुपमा रहेका छन् । जसमध्य १४ बर्षदेखि १६ वर्ष मूनिका ८० प्रतिशत, १४ मुनिका २० प्रतिशत रहेका छन् । कास्कीमा हाल बाह्य जिल्लाबाट ६८ प्रतिशत र भारतबाट ३० प्रतिशत बालश्रमिकको रुपमा आउने गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
कास्कीमा भएका बालश्रमिक मध्य ६९ प्रतिशत किशोर र ३१ प्रतिशत किशोरीहरु रहेका छन् ।घरेलु कामदारको रुपमा ९५प्रतिशत, ग्यारेज तथा वर्कसपमा ७६ प्रतिशत, बिजनेसमा ६० प्रतिशत, होटलमा ५७ प्रतिशत र बालश्रमिकले काम गरिरहेका छन् ।कानुन अनुसार बालबालिकालाई श्रमिक रुपमा काम लगाउनेहरुलाई ३ महिना कैद तथा १० हजार जरिवाना हुने छ ।
तर, कार्वान्वय निकायले उक्त कानुनलाई नजरअन्दाज गरिरहँदा बालबालिकाको अवस्था झन कहानी लाग्दो बन्दै गएको छ ।कानुन विपरित बालबालिकाहरुलाई कामदारको रुपमा राख्नेहरुले तलब नदिने दिएपनि अत्यन्तै कम दिने गरेको बालश्रमिकहरुको दुखेसो पोख्ने गरेका छन् ।
कार्यक्रममा पोखरा बालश्रम न्यूनिकरणका अध्यक्ष राजेन्द्र कुमार लालचनले पोखरामा बाल श्रमिकको अवस्था अझै जटिल भएको बताउँदै १४ वर्ष मूनिका बालबालिकाको शिक्षा, स्वास्थ्य पाउँने पर्ने अधिकारमासम्बन्धित निकायहरुको ध्यान दिनुपर्नेमा जोड दिए ।पोखरालाई बालमैत्री शहर बनाउन उद्योग वाणिज्य संघसँग पोखरा महागरपालिकाले पनि हातेपालो गर्ने पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलको भनाई छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने