कुकुरले खाइदियो २३ हजार रुपैयाँ, मालिकले गरे यस्तो

कुकुरले खाइदियो २३ हजार रुपैयाँ, मालिकले गरे यस्तो

Dog

काठमाडौं – उत्तरी वेल्समा लेब्राडूडल प्रजातिको एक कुकुरले आफ्नो मालिकको १६० पाउन्ड अर्थात् लगभग २३ हजार रुपैयाँ खाइदिएको छ । नर्थ वेल्सका जोडी जुडिथ र नील राइट बजार गएर फर्किंदा घरभरि नोटका टुक्रा भान्सा र हलमा छरिएको पाए । ओज्जी नामक उनीहरूको कुकुरले यसो गरिदिएको उनीहरूले थाहा पाइहाले ।

ओज्जीले नोट भरिएको एउटा खामै खाइदिएछ । त्यो खाम उसले लेटरबक्सबाट निकालेको थियो । यस क्रममा उसले लगाग २३ हजार खाइदिएछ । ओज्जीलाई तत्कालै अस्पताल लगियो । उपचारपछि कुकुरको पेटमा भएका सबै नोटलाई बान्ता गराएर बाहिर निकालियो ।

चिकित्सकहरूले उसको पेटबाट नोट र प्लास्टिक मनी ब्याग बरामद गरे । ओज्जीको उपचारमा मालिकले १३० पाउन्ड खर्च गर्नुपरेको छ । यसले गर्दा मालिकको लगभग ४५ हजार रुपैयाँ नोक्सान भयो ।

ओज्जीले यसअघि कहिले पनि पैसा नखाएको नीलले बताए । अब लेटरबक्सलाई जालीले छोप्ने र यस्तो घटना दोहोरिन नदिने उनले बताए । एजेन्सी

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ