पोखरा । फोहोर जथाभावी नफालौं भनेर पढाउने विद्यालय नै फोहोर फालेपछि कारबाहीमा परेको छ । त्यो पनि, पोखराकै टप विद्यालयमा पर्ने टप्स बोर्डिङ । जरिवाना पनि थोरै हैन, आधा लाख नै तिर्न परेको छ ।
शनिबार बेलुका तिरको समयमा पोखराको वडा नं २० अन्तर्गत मणिपाल हस्पिटलदेखि र्यालेचौर जाने मूल सडकसँगै कालीखोलाको भीरमा फोहोर फालिएको थियो ।
ट्रिपर फालेको फोहोरमा पोखरा १० रामघाटमा रहेको टप्सका लेटर प्याड, केही डकुमेन्ट्स देखिएपछि प्रिन्सिपल रत्नमान गुरुङलाई सम्पर्क गर्दा स्वीकारेका थिए । त्यसपछि महानगरका प्रतिनिधि, २० र ११ का जनप्रतिनिधिहरु लगायत स्थानीय जनताहरुको उपस्थितिमा फोहरमैला व्यवस्थापन ऐन २०६८ बमोजिम रु। ५० हजार जरिवाना लगाइएको पोखरा २० का वडाध्यक्ष सीम गुरुङले जानकारी दिए ।
आइतबार भएको छलफलमा टप्सका सञ्चालक रत्नमान आएर जिम्मेवारी लिएनन्, उनले प्रतिनिधिको रुपमा शिक्षक चित्र गुरुङलाई पठाएको बुझिएको छ । सुरुमा पोखरा महानगरले १५ हजार जरिवाना लिने तयारी गरे पनि स्थानीयको विरोधपछि ५० हजार जरिवाना लिने निर्णय भएको वडाध्यक्ष गुरुङ बताउँछन ।
वृहत पोखरा सफाइ अभियानका अभियन्ता रामबहादुर पौडेलले यस्तो अवैध क्रियाकलाप कहिंकतै भइरहेको छ भने सम्बन्धित वडा कार्यालयमा सप्रमाण सूचना दिने व्यक्तिलाई नाम गोप्य राख्ने प्रतिबद्धता सहित पुरस्कार दिने व्यवस्था गरिएकोले सहकार्यका लागि सबैमा अपिल गरे । साथै, सरसफाइको सवारीसाधन नआएको भए सम्बन्धित वडाका अध्यक्षलाई जानकारी गराउन समेत सविनय अनुरोध गरेका छन् ।

सम्बन्धित खबर
१५ गते राजालाई सिंहासनमा राख्छन् रे, घरैमा सिंहासन बनाएर राखे भोः प्रधानमन्त्री
युवा संघको महाधिवेशन आजदेखि पोखरामा, प्रधानमन्त्रीले उद्घाटन गर्ने
तरबुजा खेतीमा आइपिएम कृषक पाठशाला प्रभावकारी
तनहुँ माथि कास्कीको १ रनको रोमाञ्चक जित
समाजमा नकारात्मकता हावी भयो, युवाहरूमा सकारात्मक सोच जरूरी छः स्वास्थ्यमन्त्री पाठक
गण्डकी प्रज्ञा प्रतिष्ठानको कुलपतिमा ‘अथक’ को दरखास्त
यो पनि पढौँ
श्रीमति मारेर जेल परी निस्किएका धादिङका बाबुकाजीले ८८ वर्षीय ठूलोबुवा पनि मारे
स्याङ्जामा सवारीसाधन चालकलाई लापसे चेकजाँच सुरु
तनहुँको शेरामा ईभी हाइस दुर्घटना
कास्की केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प