पोखरा । मिस पोखरा सारा बजिमय अहिले मिस नेपाल २०१९ मा प्रतिष्पर्धा गर्दैछिन् । हिडन ट्रेजर द्वारा आयोजित मिस नेपाल २०१९ को ग्राण्ड फिनाले यही बैशाख २६ गते विहिवार हुँदैछ ।
यस वर्षको मिस नेपालको ताज पहिरिनको लागि देशभरिका विभिन्न जिल्लालाई प्रतिनिधित्व गर्दै २५ जना सहभागीहरु प्रतिस्पर्धा गर्दैछन् । विभिन्न जिल्लामा सम्पन्न भएको अडिसन पश्चात उनीहरु छानिएका हुन् । मिस पोखरा २०१८ को विजेता सारा बजिमय (कन्टेस्टेण्ट नं. १३) पनि सहभागी छिन् । पोखरा जेसीजद्वारा आयोजना गरिने मिस पोखराको विजेताले हिडन ट्रेजरसँगको सम्झौता अनुसार मिस नेपालको अडिसनमा भाग लिनु पर्दैन । सिधा तालिममा सहभागी हुन पाउँछन् ।
यतिबेला मिस पपुलर, यामाहा फेस अफ फ्यासिनो लगायत विभिन्न टाइटलहरुका लागि भोटिङको शुरुवात भएको छ । मिस पपुलरमा भोटिङ्गको लागि विप म्यासेन्जर ((Bip Messenger) भन्ने एप्लिकेसन डाउनलोड गरेर लगइन गर्ने, डिस्कभर Discover मा गएर मिस नेपाल २०१९ सर्च गर्ने, त्यस पछि सारा बजिमयको फोटो छानेर जतिपनि भोट गर्न सकिने छ ।
त्यसैगरी, यामाहा फेस अफ फ्यासिनो (Yamaha-Face of Fascino) को लागि यामाहा नेपालको फेसबुक पेजमा गएर सारा बजिमयको फोटोमा लाइक, कमेन्ट र सेयर गर्नुपर्नेछ । यसरी भोटिङ्ग गर्दा लाइक को ५ पोइन्ट, कमेन्टको ५ पोइन्ट र सेयरको १० पोइन्ट आउनेछ ।
लिभोन मिस व्युटिफुल हेयर (Livon Miss Beautiful Hair) को लागि लिभोनको एप्लिकेसन डाउनलोड गरि सारा बजिमयको फोटोमा गई भोट गर्नुपर्नेछ । यसको लागि एकजनाले २० पटक सम्म भोट गर्न मिल्नेछ ।
बर्जर मिस ग्लामर (Berger Miss Glamour) को लागि बर्जर पेन्टस् नेपालको फेसबुक पेजमा गई मिस नेपाल २०१९को सहभागिहरुमध्ये सारा बजिमयको फोटोमा गई लाईक, कमेण्ट र सेयर गर्न सकिने छ । भोट बैशाख २६ गते बेलुका ८ः०० बजे सम्म मात्र गर्न पाइनेछ । मिस पोखराको गौरव सारा बजिमयलाई आफनो भोट दिएर सहयोग गर्न आयोजक पोखरा जेसिजले अनुरोध गरेको छ ।
पोखरा जेसीज १८ देखी ४० वर्ष भित्रका युवाहरुको व्यक्तित्व र नेतृत्व क्षमताको विकास गर्ने संस्था हो । यस संस्थाले मिस पोखरा लगायत विभिन्न तालिमहरु र समाजमा लक्षित विविध कार्यक्रमहरु गर्ने गर्दछ ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ