पोखरा । गण्डकी प्रदेश सरकारले पोखरामा घर हुने सांसदहरुलाई पनि घरभाडा बापतको सेवा सुविधा दिने निर्णय गरेको छ । प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले पोखरामा घर हुने सांसदहरुलाई पनि घरभाडा बापतको सेवा सुविधा दिने निर्णय गरेको हो ।
प्रदेशको मन्त्रिपरिषद्को बैठकले सांसदहरुको पारिश्रमिक तथा सेवाको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनअनुसार सांसदहरुले प्रति महिना १५ हजार रुपैयाँ घरभाडा दिँदै आएको थियो ।
सरकारले २०७४ चैत ३० गते पारित गरेको ऐनको दफा ६ (२०) मा पोखरामा घर भएका सांसदहरुलाई सुविधा नदिने उल्लेख छ भने उपदफा २ मा मर्मत र सम्भार प्रदेश सरकारले गर्ने व्यवस्था गरिएको छ । सोही उपदफाको आधारमा राजधानीमा घर हुने सांसदहरुलाई सुविधा दिन लागिएको हो ।
हाल कास्कीमा प्रत्यक्ष र समानुपातिक गरी १३ जना प्रदेशसभा सदस्यहरु छन् । यसअघि पोखरामा घर हुने १३ जना सांसदहरुले यो सुविधा लिन नपाउने भएपनि मन्त्रिपरिषदले आइतबारको निर्णयानुसार आगामि दिनमा ऐनमा व्यवस्था भएकोभन्दा आधा रकम आवास सुविधाबापत पाउने भएका छन् । उनीहरुले मासिक सात हजार पाँच सय रुपैयाँ आवास सुविधा पाउने प्रदेश सरकारले जनाएको छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने