फेवाताल संरक्षण गर्न प्रदेश सरकार र महानगरको धन्नै ३४ करोड लगानी

फेवाताल संरक्षण गर्न प्रदेश सरकार र महानगरको धन्नै ३४ करोड लगानी

fewa lake

पोखरा । फेवाताल संरक्षणका लागि गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले संयुक्त लगानी गर्ने भएको छ । प्रदेश सरकार र महानगरपालिकाले फेवाताल संरक्षणका लागि संयुक्त रुपमा ३३ करोड ९० लाख रुपैँया बजेट बिनियोजन गरेको हो ।

दुबै सरकारले कुल ५०/५० प्रतिशत बजेट लगानी गर्ने जनाएको छ । सरकारले तालमा जाने ढललाई डाईभर्सन गर्ने तथा अतिक्रमण रोक्नका लागि पनि ड्याम बनाउने योजना बनाएको छ । लागिएको हो । बहुबर्षिय कार्यक्रमको रुपमा राखिएको फेवाताल संरक्षण काममा सरकारले पहिलो चरणमा सरकारले ५ करोड रुपैँया विनियोजन गर्ने जनाएको छ ।

ताल संरक्षणको काम सुरु गर्नका लागि ४० करोड रुपैँयाको टेण्डर निकालिएको बताउँदै पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले तोकेको समयभित्र सम्पूर्ण प्रक्रिया पूरा गरी सबै भन्दा कम रकममा टेण्डर हाल्ने निर्माण कम्पनीलाई काम सुम्पने बताएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ