पोखरा विमानस्थलमा जाइरोकोप्टर दुर्घटना

पोखरा विमानस्थलमा जाइरोकोप्टर दुर्घटना

altra

तस्बीर : सरोज अधिकारी

पोखराः पोखरा बिमानस्थलमा जाइरोकोप्टर दुर्घटना भएको छ । मंगलबार दिउँसो करिब २ बजे जाइरोकोप्टर दुर्घटना भएको हो ।

दुर्घटनामा परी जहाजका पाइलट ४५ बर्षिय फ्रन्सेली नागरिक Eric freychet र नवलपुरका ३६ बर्षिय अनिस भट्टचन्द सामान्य घाइते भएको  जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । यात्रुलाई साइट सिन गराएर फर्किएपछि ल्याण्ड गर्ने क्रममा धावन मार्गबाट चिप्लिएर बाहिर चौर किनारामा पुग्दा दुर्घटना भएको हो । जाइरोकोप्टरमा क्षति पुगेको छ ।

तस्विरः सरोज अधिकारीको फेसबुक वालबाट

(अद्यावधिक गरिएको)

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ