पोखरा । पोखरामा १८ महिने बालकमाथि चिर्पटले हानेर घाइते बनाएकी २५ बर्षीया महिला पक्राउ परेकी छिन् । महानगरपालिका वडा नम्बर ९ महेन्द्रपुलमा १८ महिने बालकमाथि कुटपिट गर्ने २५ बर्षीया लक्ष्मी राईलाई मंगलबार जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो ।
लक्ष्मी मकवानपुर घर भई महेन्द्रपुलमा बस्दै आएकी सिता राईको १८ महिने छोरा उज्वललाई दाउराको चिर्पटले हिर्काएर घाइते बनाएकी छिन् । कुटपिटबाट घाइते भएका उज्वलको उपचारको लागि मणिपाल अस्पताल पठाईएको प्रहरीले जनाएको छ । प्रहरीले लक्ष्मीलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित खबर
कास्कीको मादीमा दुर्गालाई आगो लगाएर फरार उमेश पक्राउ
गण्डकी प्रदेशसभा सदस्य सुनिता थापाले लिइन् शपथ
पर्वतीय महोत्सव सकियो
कृषि मन्त्री श्रेष्ठको सय दिनका मुख्य उपलब्धिहरू सार्वजनिक
रविलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
पोखराको नागढुंगामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु
यो पनि पढौँ
पोखराको नागढुंगामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु
गण्डक न्यूजकी पुनम थापा मगर पत्रकार महासंघ कास्कीको सदस्यमा निर्विरोध
सुनचाँदीको मूल्य घट्यो
नेपाल पत्रकार महासंघ मनाङको अध्यक्षमा नविन लामिछाने सर्वसम्मत