गण्डकी प्रदेशले फेवातालको बीचमा ‘कफी शप’ बनाउने

गण्डकी प्रदेशले फेवातालको बीचमा ‘कफी शप’ बनाउने

fewa lake

पोखरा । गण्डकी प्रदेश सरकारले फेवातालको बीच सतहमा कफी शप निर्माण गर्ने भएको छ । फेवातालमा घुम्न आउने पर्यटकहरुलाई आकर्षण तथा सेवा दिने उद्देश्यले तालको बीच सतहमा कफी शप निर्माण गरिने गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले जानकारी दिए ।

पर्यटकीय गन्तव्यको रुपमा बिकसित शहर पोखराको फेवातालमा कफी शप निर्माणको काम डिपिआर तयार पारेपछि सुरु गर्ने उनले बताए । ‘फेवातालको बिचमा प्रदेश सरकार मार्फतले नयाँ किसिमबाट कफी शप बनाउने निर्णय गरेका छौँ । डिपिआर तयार भएपछि सञ्चालनको जिम्मा निजी कम्पनीलाई दिन्छौँ ।’ताल प्राधिकरण गठन भएसंगै त्यसको सम्पूर्ण व्यबस्थापनको जिम्मा प्राधिकरणले गर्ने भएको मन्त्री लम्सालले जनाए ।

‘पोखराको नयाँ प्रोडक्ट बनाउने र फेवातालको माटो व्यवस्थापन गर्ने गरी हामीले यो अवधारणा अघि सारेका छौं’ उनले भने, ‘कफीको मुल्यको बिषयमा पछि आउने व्यवसायीले तोक्न सक्छन् । अन्यत्र भन्दा फेवातालमा कफीको मुल्य अवश्य महङ्गो हुन्छ ।’  फेवाताल अवलोकन गर्न गएका पर्यटकहरुले फेवातालको बीच भाग खपौंदी क्षेत्रमा हुने कफी शपमा डुंगा चढेर जाने व्यवस्था गरिने मन्त्री लम्सालले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ