सूर्य तिमिल्सिना । मुस्ताङ यस्तो ठाउँ हो जुन ठाउँको नाम सुन्ने बित्तिकै धेरैको मुखबाट वाह शब्द आइहाल्छ । जो कोहि पनि एक चोटी न एक चोटी मुस्ताङ गएकै हुन्छ,जो गएको हुँदैन उसको घुम्ने स्थानको बकेट लिस्टमा अगाडी अवश्य हुन्छ । मुस्ताङ जानेहरु प्रायस् जसो कागबेनी, मुक्तिनाथ, धुम्बा ताल, ठिनी, छुसाङ, लोमान्थाङ जाने गरेका छन् ।
मुस्ताङमै कति पय यस्ता स्थान समेत छन् जुन जोमसोम मुक्तिनाथ सडकखण्डको नजिकै भएर पनि पर्यटकको नजरमा पर्न सकेका छैनन् । पर्यटकीय सम्भावना हुँदा हुँदै पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको एउटा स्थान हो ुतोरा लेकु। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नम्बर १ झारकोटमा अवस्थित यो ताल जोमसोम मुक्तिनाथ सडक खण्डको झारकोटबाट पांच मिनेटमै पुगिन्छ,जो यो तालमा पुग्छ यसको सौन्दर्यताले उसलाई मन्त्रमुग्ध बनाउँछ ।
दिनमा हजारौं पर्यटक गाडीमा जोमसोमबाट कागबेनी झारकोट हुँदै मुक्तिनाथहुईकिन्छन् तर उनीहरुलाई पत्तै हुँदैन कि त्यहि बाटोको केहि माथि प्राकृतिक छटाले भरिपूर्ण ताल पनि छ भनेर । मुक्तिनाथको नजिकै भएर पनि यो ताल ओझेलमा परेको छ ।यसको संरक्षण हुन नसक्दा माटोले पुरिएर बर्षेनी क्षेत्रफल समेत घट्दै गएको छ । हिमालको छायाँ समेत प्रतिबिम्बित हुने यो ताल पर्यटकको पर्खाइमा रहेको छ ।
ताल संरक्षण र प्रबर्धनको लागि गाउँपालिकाद्वारा प्रारम्भिक सर्भे
तालको संरक्षण र सम्बर्धन गर्नको लागि गाउँपालिकाले बजेट छुट्याएर प्रारम्भिक सर्भे समेत सम्पन्न गरिसकेको छ । यो कार्यक्रमलाई आगामी बर्ष पनि निरन्तरता दिने र तोरा तालको प्रचारप्रसार गर्ने गाउँपालिकाको योजना छ ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङका अनुसार मुक्तिनाथ आउने पर्यटकलाई यो तालसम्म लैजानको लागि आगामी बर्ष झारकोटबाट ताल सम्म पुग्नको लागि बाटो निर्माण,झारकोट स्थित सडकमा इन्फर्मेसन म्याप,तालको सरसफाई,मुहानको संरक्षण लगायतका काम गरिने छ ।



सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न सरसफाई: प्रदेश सांसद गुरुङ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला