काठमाडौं– ‘मिस नेपाल वर्ल्ड २०१९’ को टाइटल अनुष्का श्रेष्ठले जितेकी छिन् । यस्तै, मिस नेपाल युनिभर्स २०१९ प्रदिप्ता अधिकारी, मिस नेपाल सुपर नेशनल रोज लामा, मिस नेपाल इन्टरनेशनल मिरा कक्षपति र मिस नेपाल अर्थ २०१९ रिया बस्नेत बन्न सफल भएका छन् ।
बिहीबार भएको फाइनलमा २४ प्रतिस्पर्धीलाई पछि पार्दै अनुस्काले ताज पहिरिएकी हुन् । ‘ तपाइको विचार अधिकार र कर्तव्य कुन बढी जिम्मेवारी हुन्छ’ भन्ने प्रश्नको जवाफ दिएर मिस नेपालको उपाधि जितेकी हुन्। उनले अब मिस वर्ल्डमा सहभागिता जनाउन पाउनेछिन्। उनलाई यसअघिको मिस नेपाल श्रृंखला खतिवडाले क्राउन पहिराइदिइन्।
अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटीबाट स्नातक गरेकी २३ वर्षीया अनुश्का कमनवेल्थ बैंक अफ अष्ट्रेलिया कार्यरत थिइन् । मिस नेपाल ओसिआनिया जितेर मिस नेपालमा आएपछि उनले जागिर छाडेकी थिइन् । यस्तै ‘मिस नेपाल युनिभर्स’को उपाधि प्रदिप्ता अधिकारीले जितेकी छिन्। उनलाई गत वर्षकी मिस नेपाल युनिभर्स मनिता देवकोटाले क्राउन पहिराइदिइन्। प्रदिप्ताले ‘मिस युनिभर्स’मा सहभागिता जनाउनेछन्। उनले नगद १ लाख नगद पनि प्राप्त गरेकी छन्।
भिडियोको लागि यहाँ क्लिक गर्नुहोस्
यस्तै, मिस नेपाल सुपर नेशनलको उपाधि रोज लामाले पाएकी छिन्।यस्तै ‘मिस नेपाल इन्टरनेसनल’को उपाधि मीरा कक्षपतिले जितेकी छिन्। उनलाई गत वर्षकी ‘मिस नेपाल इन्टरनेसनल’को उपाधि रोनाली अमात्यले ताज पहिर्याइदिएकी थिइन्।
त्यस्तै मिस नेपाल अर्थको उपाधि रिया बस्नेतले जितेकी छन्। उनलाई गत वर्षकी मिस नेपाल अर्थ प्रिया सिग्देलले क्राउन लगाइ दिएकी थिइन्। उनले ‘मिस अर्थ’मा नेपालको तर्फबाट सहभागिता जनाउनेछिन् भने १ लाख पुरस्कार पनि प्राप्त गरिन्।
यस्तै मिस बेस्ट एथलेट्सको उपाधि प्रदिप्ता अधिकारी, मिस कन्फिडेन्टको उपाधि निशा पाठक, मिस फ्यासिनोको उपाधि अनुष्का श्रेष्ठलाई, मिस पपुलर च्वाइस्को उपाधि रिया बस्नेत र ब्यूटी विथ पर्पसको उपाधि नितिका कर्माचार्यले पाइन्।

सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ