मोबाइल एपबाट चिट चोर्ने तीन जनालाई मुद्दा

मोबाइल एपबाट चिट चोर्ने तीन जनालाई मुद्दा

imo

१२ कक्षाको परीक्षामा मोबाइल एप ‘इमो’ मार्फत् चिट चोर्ने तीन विद्यार्थीमाथि प्रहरीले मुद्दा चलाएको छ। पक्राउ गरिएका दिपेश सरदार, रामप्रसाद हुमागाईँ र रञ्जितकुमार मण्डलविरुद्ध जिल्ला अदालतबाट ’परीक्षामा मर्यादाविपरीतको कसुर’मा बुधबार म्याद थप भई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरद्वारा वैशाख १५ देखि सञ्चालित कक्षा १२ को मंगलबारको गणित विषयको परीक्षामा तीन जनालाई सप्तरीको कञ्चनरुप नगरपालिका ८ स्थित सर्वोदय मावि परीक्षा केन्द्रबाट पक्राउ गएिको हो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ