एजेन्सी – विवाहको प्राचीन कालदेखि चलिआएको एउटा संस्कार हो । विश्वकै पहिलो लिखित ग्रन्थ मानिने ऋग्वेदमा सूर्य र सूर्याको प्रसङ्गमा विवाह संस्कारका सबै वैदिक मन्त्र उल्लेख गरिएका छन् । विवाह संस्कारसँग सम्बन्धित सबै क्रियाकलाप ऋग्वेदमा उल्लेख छन् । अर्थात् विवाहको चलन त्यस बेला पनि प्रचलित थियो । चार वेदमध्ये सबैभन्दा पछिल्लो अथर्व वेदमा पनि विवाह संस्कारबारे उल्लेख छ ।
मानव जीवनलाई आदर्श रूपमा सञ्चालन गर्न विवाहको चलन सुरु भएको हो । हिन्दू समाजमा आफ्नो सम्पत्ति अरूलाई दान दिँदा संकल्प पढेर विधिपूर्वक दिने चलन भएजस्तै कन्याका पिताले आफ्नी छोरी अरूलाई सुम्पँदा धार्मिक विधि अपनाउने गरिएको देखिन्छ । त्यसैगरी, संसारमा विवाहलाई लिएर अनेक प्रथा प्रचलनमा छ । जुन सबै देशमा सामान्य रुपमा लिन सम्बभ हुँदैन ।
त्यस्तै प्रचलन छ बंगलादेशमा । जहाँका एक जनजातिको विवाहको प्रचलन निकै अनौठो छ । उनीहरुको प्रचलन अनुसार छोरीलाई नै आमाको सौता बन्न बाध्य पारिन्छ । बंगलादेशको दक्षिण पूर्व माधोपुर जंगलमा बासोबास गर्दै आएका वाली मन्डी जनजातिमा यो परम्परा रहेको छ । जहाँ आमा र छोरी दुवैले एउटै पुरुषसँग विवाह गर्नुपर्ने वाध्यता रहेको छ । यदि कुनै महिलाको पतिको मृत्यु पहिले भयो भने उनले आफ्ना पतिको परिवारका कुनै एक सदस्यसँग विवाह गर्नुपर्ने हुन्छ ।
त्यसैगरी, यदि कुनै महिलाको श्रीमानको कम उमेरमा नै निधन हुन्छ र उनकी छोरी हुन्छिन् भने उनीहरुको एउटै मण्डपमा एकै पतिको साथमा विवाह गरिन्छ । ती छोरी सानैदेखि नै पितासँग विवाह गर्ने सपना देख्ने गर्छिन् किनकी उनको समुदायको विवाहको प्रथा नै त्यस्तै रहँदै आएको छ ।
यो परम्परा सम्पत्तिको अंशबन्डा रोक्नको लागि निभाउने गरिन्छ । यस समुदायको मुखिया महिला हुने चलन रहेको छ । यदि कुनै युवतीले यो परम्परा तोड्ने प्रयास गरेमा सजाय दिने गरिन्छ । र, उनलाई समाजबाट निकाला गरिन्छ । छोरीलाई आमाले नै यस्तो परिस्थितीमा पुर्याउँछिन् कि उनी आफ्ना सौताने पिताका साथ शारीरिक सम्बन्ध बनाउँन बाध्य हुन्छिन् ।
सम्बन्धित खबर
कुमामोतो नेपाली समाज जापानको अध्यक्षमा भट्टराई
पोखरा-१५ मा चार दिने आधारभूत प्राथमिक उपचार तालिम सुरू
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषदकाे निर्णय
सरकारले ल्याएका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
यो पनि पढौँ
स्याङ्जामा रास्वपाका नेताहरूलाई काँग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनिल खनालले रड हाने
डेलिभरीका लागि अस्पताल हिँडेकी रेनुका, सासु र श्रीमानसहित दुर्घटनामा अस्ताइन्
पोखराका नगरबसको कालो धुवाँ जाँच गरेकामध्ये आधा चलाउनै नमिल्ने गरी फेल
चितवन दुर्घटना: गर्भवतीसहित मृत्यु भएका ७ मध्ये ६ को सनाखत, यी हुन् २४ घाइते (नामसहित)