एजेन्सी – विवाहको प्राचीन कालदेखि चलिआएको एउटा संस्कार हो । विश्वकै पहिलो लिखित ग्रन्थ मानिने ऋग्वेदमा सूर्य र सूर्याको प्रसङ्गमा विवाह संस्कारका सबै वैदिक मन्त्र उल्लेख गरिएका छन् । विवाह संस्कारसँग सम्बन्धित सबै क्रियाकलाप ऋग्वेदमा उल्लेख छन् । अर्थात् विवाहको चलन त्यस बेला पनि प्रचलित थियो । चार वेदमध्ये सबैभन्दा पछिल्लो अथर्व वेदमा पनि विवाह संस्कारबारे उल्लेख छ ।
मानव जीवनलाई आदर्श रूपमा सञ्चालन गर्न विवाहको चलन सुरु भएको हो । हिन्दू समाजमा आफ्नो सम्पत्ति अरूलाई दान दिँदा संकल्प पढेर विधिपूर्वक दिने चलन भएजस्तै कन्याका पिताले आफ्नी छोरी अरूलाई सुम्पँदा धार्मिक विधि अपनाउने गरिएको देखिन्छ । त्यसैगरी, संसारमा विवाहलाई लिएर अनेक प्रथा प्रचलनमा छ । जुन सबै देशमा सामान्य रुपमा लिन सम्बभ हुँदैन ।
त्यस्तै प्रचलन छ बंगलादेशमा । जहाँका एक जनजातिको विवाहको प्रचलन निकै अनौठो छ । उनीहरुको प्रचलन अनुसार छोरीलाई नै आमाको सौता बन्न बाध्य पारिन्छ । बंगलादेशको दक्षिण पूर्व माधोपुर जंगलमा बासोबास गर्दै आएका वाली मन्डी जनजातिमा यो परम्परा रहेको छ । जहाँ आमा र छोरी दुवैले एउटै पुरुषसँग विवाह गर्नुपर्ने वाध्यता रहेको छ । यदि कुनै महिलाको पतिको मृत्यु पहिले भयो भने उनले आफ्ना पतिको परिवारका कुनै एक सदस्यसँग विवाह गर्नुपर्ने हुन्छ ।
त्यसैगरी, यदि कुनै महिलाको श्रीमानको कम उमेरमा नै निधन हुन्छ र उनकी छोरी हुन्छिन् भने उनीहरुको एउटै मण्डपमा एकै पतिको साथमा विवाह गरिन्छ । ती छोरी सानैदेखि नै पितासँग विवाह गर्ने सपना देख्ने गर्छिन् किनकी उनको समुदायको विवाहको प्रथा नै त्यस्तै रहँदै आएको छ ।
यो परम्परा सम्पत्तिको अंशबन्डा रोक्नको लागि निभाउने गरिन्छ । यस समुदायको मुखिया महिला हुने चलन रहेको छ । यदि कुनै युवतीले यो परम्परा तोड्ने प्रयास गरेमा सजाय दिने गरिन्छ । र, उनलाई समाजबाट निकाला गरिन्छ । छोरीलाई आमाले नै यस्तो परिस्थितीमा पुर्याउँछिन् कि उनी आफ्ना सौताने पिताका साथ शारीरिक सम्बन्ध बनाउँन बाध्य हुन्छिन् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी