११ महिने छोरीलाई जिउँदै जलाएर भाग्न खोज्ने बाआमा प्रहरीको फन्दामा

११ महिने छोरीलाई जिउँदै जलाएर भाग्न खोज्ने बाआमा प्रहरीको फन्दामा

baby-death

दार्चुला: व्यास गाउँपालिका वडा नं ५ चुकपानीमा एक अभिभावकले आगो लगाएर आफ्नै शिशुको हत्या गरेका छन्। बाइस वर्षीय नवीन विष्टले आफ्नो ११ महिने छोरी अनुस्काको बिहीबार राति आगो लगाएर हत्या गरेका  हुन् ।

घर नजिकै रहेको लुठ्ठा (खर)मा आगो लगाएर छोरीको हत्या गरेको प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिइन् ।  उक्त घटनामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले निज विष्ट र उसकी पत्नी  शीलालाई पक्राउ गरेको छ।

उनीहरुलाई शुक्रबार बिहान घरबाटै पक्राउ गरी सदरमुकाम ल्याइँदैछ। राति छोरीको हत्यापछि भाग्न लागेका दुवै जनालाई स्थानीयवासीको सहयोगमा राति नियन्त्रणमा लिइएको  वडा नं ५ का अध्यक्ष मङ्गलसिंह धामीले जानकारी दिए। हत्या गर्नाको कारण खुलाइएको छैन।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds