पोखराबाट सुन्दरता अवलोकनका लागि पुम्दी भ्यू पोइन्ट उक्लिन्छन् । तर, सबै सुन्दरता हेर्न मात्र उक्लदैंनन् । सुन्दरता नै बिगार्न पनि उक्लने भेटिएको छ, त्यो पनि आफ्नो रातो नम्बर प्लेटकै गाडीमा पोखरादेखि फोहोर बोकेर ।
शनिबार बेलुकी पोखराको महेन्द्रपुलमा व्यापार गरेर बस्नेहरु फोहोर लिएर पोखरा २२ पुम्दीभुम्दी स्थित भ्यू पोइन्ट पुगे । ग २ च ७६६ नम्बरको गाडीमा गएका उनीहरुले बोरा बोरा फोहोर फाल्न खोज्दा स्थानीय ‘पोखरा भ्यू पोइन्ट क्लब’ को फन्दामा पर्यो । महेन्द्रपुल स्थित पवित्रा स्टोरबाट नबिकेका चप्पल र प्लाष्टिक जन्य फोहोर लिएर उनीहरु पुगेका रहेछन् ।
क्लबका अध्यक्ष सुन्दर बरालले फोहोर फाल्दै गरेको अवस्थामा टंक बराल र कमल बरालको सहयोगमा फोहोर फाल्नेहरु पक्राउ गरिएको जानकारी दिए । उनले पोखरादेखि ठूलो मात्रामा फोहोर लिएर गएका कारण सुरुमै १० हजार जरिवाना तिराएको पनि सुनाए । आगामी दिनमा फोहोर नफाल्न सचेत गराउँदै यसो गरेको पाइएमा कडा कारबाहीको चेतावनी समेत दिएको उनले जनाए ।

क्लबले महिनामै ३ ४ जनालाई यसरी फोहोर फाल्दै गर्दा रंगेहात पक्राउ गरेको छ । गाउँमा चोर्न आउनेहरु समेत क्लबको फन्दामा परेका छन् । गत वैशाख २१ गते काँक्रो चोरी गरेर लैजान खोजेका बेला श्रीमान श्रीमती नै क्लबको नियन्त्रणमा परेका थिए ।

सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने