पोखरा । आज अपरान्हपछि हावाहुरीसँगै वर्षा भयो, चट्याङले पोखराको नागढुंगाको पक्की घर नै फोड्यो । फेवाताल समेत मिनी समुन्द्र झैं बन्यो । चर्को हावाहुरीसँगै तालमा छाल उठ्दा डुंगामै क्षति पुगेको छ । झण्डै ५ दर्जन डुंगाहरु डुबेको चालकहरुले जानकारी दिए ।
तालबाराही मन्दिरमा दर्शन गर्न पुगेका पर्यटक हावाहुरीले एक घण्टासम्म मन्दिरमै रोकिएका थिए । यसअघि पनि पटक पटक यात्रुहरु छालका कारण रोकिने गर्दथे तर छालले ताल किनारमा रहेका डुंगा यति धेरैको संख्यामा डुबेको भने पहिलोपटक हो ।
बाराहीघाटमा स्थापित रेस्क्यु टावरमा रहेका सशस्त्र प्रहरी र डुंगा चालकले मन्दिरमा रोकिएका दर्शनार्थीको उद्धार गरे । कुनै दुःखद घटना हुनसक्नेतर्फ सचेत बन्दै छाल उठ्ने बित्तिकै डुंगा सञ्चालनमा रोक लगाइएको थियो ।
तस्विरहरुः दीपक परियार/कान्तिपुरडेली डटकम
भिडियो: कान्तिपुर युट्युबबाट इम्बेड
This will close in 3 seconds
सम्बन्धित खबर
पोखरामा रवि लामिछानेलाई सहकारी पीडितहरूले देखाए कालो झन्डा
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : गुणस्तरीय र समयमै काम गर्नू
चुमनुब्री गापाले तोकेको पर्यटन शुल्क खारेज गर्न टान गण्डकीको माग
गण्डकीमा डेंगु संक्रमण तीव्र, जोगिने कसरी ?
पोखराको तालचोकमा भाटभटेनीको २८औं सुपर स्टोर खुल्दै
पोखराका १० विद्यालयमा नि:शुल्क चाइनिज भाषा पढाइने
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग