पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले चालू आर्थिक बर्ष २०७५/०७६ को बजेट कार्वान्वयन गर्न नसकेको बताएका छन् । पोखरा चेम्बर अफ कमर्स कास्कीको सहकार्यमा एभीन्युज टेलिभिजनले सोमवार पोखरामा आयोजना गरेको ‘एजेण्डा समृद्धि सपना प्रादेशिक विकास बहस’ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यष्मन्त्री गुरुङले कर्मचारी तथा भौतिक व्यवस्थापनका कारण चालू अबको बजेट कार्यान्वयन गर्न नसकेको बताएका हुन् ।
‘मन्त्री र सचिवहरूलाई लगातार निर्देशन दिँदा पनि बजेट कार्यान्वयन हुन सकेन,’ उनले भने, आगामी अर्थिक वर्षमा आवश्यक संरचनालाई नियमित र व्यवस्थित गर्दै पूर्वाधार निर्माणमा बजेट खर्च गरिनेछ ।’ मुख्यमन्त्री गुरुङले प्रदेश अन्तर्गत रहेका वन, खानी तथा खनिज लगायतका सम्पदाहरूको रोयल्टी प्रदेश सरकारले पाउनुपर्ने बताएका छन् ।
‘प्रदेश सरकारलाई आर्थिक रूपमा सम्पन्न गराउन राष्ट्रिय निकुञ्ज, सिमसार वाहेक प्रदेशका वन, खानी तथा खनिजहरूको रोयल्टी उठाउन दिनुपर्छ’ उनले भने, ‘अनि मात्रै गण्डकी प्रदेशमा आर्थिक सम्बृद्धी हुन्छ ।’ पोखरादेखि नवलपरासीको दुम्कीबास जोड्ने फास्ट ट्रयाक बनाउन सभ्याव्यता अध्ययन थालेको उनले बताए । ’प्रदेशको समृद्धिको लागि समानान्तार कालीगण्डकी कारिडोर बनाउने योजनामा छौ,’ उनले भने, ‘कालीगण्डकी किनारै किनार गएको कालीगण्डकी कोरिडोरको सट्टामा प्रदेशले शालिग्राम लोकमार्ग प्रस्ताव गरेको हो ।’
मुख्यमन्त्री गुरुङले मध्यपहाडी लोकमार्ग, मर्स्याङ्दी करिडोरको निर्माण कार्य सम्पन्न भएपछि प्रदेशको समृद्धिको लागि सहयोग पुग्ने धारणा राखे । पोखरालाई जोड्ने सडक सञ्जाललाई विस्तार र सुदृढ गर्दै प्रदेशलाई समृद्ध बनाउने तर्फ प्रदेश सरकार लागि परेको उनले बताए । ‘पोखरालाई जोड्ने सडकहरूको स्तरोन्नति गर्दै भौतिक पूर्वाधारको विकासतर्फ सरकार अगाडि बढ्छ,’ मुख्यमन्त्री गुरुङले भने ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो