चितवन । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले अमेरिकामा आतंकवादलाई संरक्षण गर्दै लेखेमा पत्रकारलाई मृत्युदण्ड समेत दिने गरेको बताएका छन् । मंगलबार नेपाल टेलिकम दूरसञ्चार कार्यालय सौराहाको फाइबर टु द होम सेवाको उद्घाटन गर्दै बास्कोटाले आतंकवादलाई संरक्षण गर्दै लेखेमा पत्रकारलाई अमेरिकामा एक करोडसम्मको जरिवाना र मृत्युदण्ड समेत दिने गरेको बताएका हुन् ।
प्रेसका नाममा छाडातन्त्र गर्ने काम स्वतन्त्रताको मूल्य र मानक नभएको उनको भनाई छ । स्वतन्त्र प्रेसलाई कमजोर बनाउने काम भने सरकारबाट नहुने सञ्चारमन्त्री बास्कोटाले बताए । सरकार प्रेसप्रति पूर्वाग्राही नभएको स्पष्ट गर्दै उनले विधेयक ल्याउँदा विदेशी र स्वदेशी प्रचलन समेत हेरिएको बताए ।अरु नै कुरा मनमा राखेर चलाइएको होहल्लाबाट प्रभावित हुन नसकिने बताउँदै मन्त्री बाँस्कोटाले बहिष्कारको अर्थ नभएको जिकिर समेत गरेका छन् ।
समाचार लेखेर कोही पनि पक्राउ पर्दैन भन्दै उनले गलत मिशनमा लागेर शान्ति र न्यायलाई चुनौती दिने हकमा कानून सक्रिय हुने बताए ।संविधान भन्दा बाहिर कुनै पनि कानून नबन्ने बताउँदै उनले प्रायोजित आन्दोलनको कुनै ओखती नहुने बताए । सरकारले अहिले समानुपातिक विज्ञापन प्रणाली लागू गर्न खोजेको भन्दै उनले यसले साना मिडियालाई सहयोग पुग्ने पनि बताएका छन् ।
सम्बन्धित खबर
पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ
पोखरामा पैदल यात्रीलाई दु:ख दिने तथा प्रहरी विरुद्ध अभद्र व्यवहार गर्ने एकजना पक्राउ
वैदेशिक रोजगारका नाउँमा ठगी धन्दा, झन्डै ५ करोड ठगी गरेको आरोपमा ६ जना पक्राउ
पोखरामा कक्षा १२ को परिक्षाको प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा २ जना पक्राउ
कुटपिट गरी हत्या गरेको १७ वर्षपछि एकै गाउँका ५ महिला पक्राउ
पोखरामा पेस्तोल सहित एक व्यक्ति पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग