पोखरा । मिडियालाई नियन्त्रण राख्ने गरी वर्तमान सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक र संसदमा ल्याउने तयारी गरिरहेको आम सञ्चार लगायतका विधेयकका विरुद्ध नेपाल प्रेस युनियन कास्कीले विरोध जनाएको छ । बुधबार महेन्द्रपुलदेखि चिप्लेढुंगासम्म शान्तिपूर्ण विरोध प्रदर्शन गरी प्रेस स्वतन्त्रताको रक्षाको माग गरिएको थियो ।
प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले शाही कालको झल्को दिने सरकारले विधेयक ल्याएको बताए । उनले मिडियालाई आतंकित पारेर कलम बन्द गराउने खोज्ने सरकार बिरुद्ध सडकमा आन्दोलित हुनपर्ने बाध्यता रहेको औल्याए ।नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष एवं प्रेस युनियन कास्कीका सल्लाहकार रवीन्द्र बास्तोलाले दुई तिहाइको बलियो भनिएको सरकारले प्रेसलाई कमजोर बनाउन खोजेको प्रति असहमति जनाए ।
हामीले समाचार लेखेरै सरकारलाई तह लगाउनुपर्छ तर नसुन्ने सरकारलाई तह लगाउन सडकमा आउनुपरेको छ, उनले भने ।प्रेस युनियनका कास्कीका अध्यक्ष नवीन सिग्देलले पूर्ण प्रेस स्वतन्त्रता विरुद्ध ल्याएको विधेयक तत्काल सच्चाउनुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघ कास्कीका सदस्य कमल पौडेल ‘अथक’ ले देशमा अर्को तानाशाही सुरु भएको अनुभव हुन थालेको बताए ।
प्रेस युनियन कास्कीका सल्लाहकार डा. बलराम उपाध्याय रेग्मी, प्रेस युनियन गण्डकी प्रदेश संयोजक टंक अधिकारी, कन्द्रीय सदस्य सरिता तिमिल्सिना, अग्रज पत्रकार हिमनिधि लौडारी, प्रेस संगठन कास्कीका अध्यक्ष सन्देश श्रेष्ठ, फोटो पत्रकार महासंघ गण्डकी प्रदेशका सचिव कृष्णमणि बरालले सरकारले प्रेसलाई कुण्ठित गर्ने प्रयास गरेको हुँदा खुलेरै बिरोध गर्नुपर्ने बताए ।
प्रेस युनियनका कास्कीका अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रकाशचन्द्र सापकोटाले धन्यवाद र सचिव प्रदीप पौडेलले संचालन गरेका थिए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने