श्यामशितल परियार, लमजुङ : लमजुङको दूधपोखरी गाउँपालिका–१, मलेया डाँडामा रहेको घुम्ती भेडीगोठका २८ वटा भेडा मरेका छन् । गएको वैशाख २८ गते शनिबार साँझ परेको चट्याङ लागेर भेडीगोठका २८ वटा भेडा मरेको दूधपोखरी गाउँपालिका पशु सेवा शाखाका नायब पशु स्वास्थ्य प्राविधिक दिनेश गुरुङले जानकारी दिए ।
चट्याङ लागेर भेडा मरेको खबर पाएसँगै वैशाख ३० गते नै गुरुङसँगै दोर्दी गाउँपालिका पशु सेवा शाखाका नायब पशु स्वास्थ्य प्राविधिक विनोदप्रसाद कट्टेल र भेडापालन समूहका १३ जना किसान १२ घण्टा पैदल हिँडेर भेडीगोठ पुगेका थिए ।
‘भेडा मरेको खबर पाएसँगै १५ जनाको टोली भेडीगोठमै पुग्यौँ । चट्याङ लागेर २८ वटा भेडा मरेको पायौँ । धेरै माउ भेडा मरेका छन्’, दूधपोखरी गाउँपालिका पशु सेवा शाखाका नायब पशु स्वास्थ्य प्राविधिक गुरुङले भने, ‘भेडा मर्दा झण्डै साँढे ५ लाख बढिको क्षति भएको छ ।’
सहयोग पाउने आशामा किसान
भेडा मर्दा किसान चिन्तित बनेका छन् । सम्बन्धित निकायबाट केही सहयोग पाउने आशामा किसानहरु रहेका छन् । गुरुङका अनुसार लमजुङको दूधपोखरी गाउँपालिका–६, र दोर्दी गाउँपालिका–५ का किसानहरुले संयुक्त रुपमा ‘पतिपुरे सामुदायिक भेडापालन समूह’ गठन गरी भुम्ती भेडीगोठमा भेडापालन गरेका हुन् ।
उनीहरुले सञ्चालन गरेको यस भेडीगोडमा ६ सय ४० बढी भेडा रहेका छन् । दूधपोखरी गाउँपालिकाकाको ओखारी, साल्मे, भीरकुना र दोर्दी गाउँपालिकाको सिम्रुङ र पाचोकका गरी २५ जना बढी किसानले यसै घुम्ती भेठीगोठमा भेडा पाल्दै छन् । यस भेडीगोडमा ४ जना भेडीगोठाला रहेका छन् ।
स्थानीय किसानले भेडीगोठमा भेडा पाल्न दिन्छन् । उत्पादन बेचेर आएको निश्चित रकम भेडीगोठालाले लिन्छन् । बाँकी रकम भेडा धनीलाई बुझाउँछन् । गुरुङका अनुसार दूधपोखरी गाउँपालिकामा १० वटा भेडीगोठ रहेका छन् ।
सम्बन्धित खबर
खेलकुदले राष्ट्रको गौरव, शान, मान, पहिचान स्थापित गरेको छः प्रदेश प्रमुख भट्ट
लमजुङमा जिप दुर्घटना हुँदा दुई महिलाको मृत्यु, १२ जना घाइते
जिप अचानक गुड्दा चालकको च्यापिएर मृत्यु
लमजुङमा आफैले चलाएको ट्याक्टर पल्टिँदा च्यापिएर मृत्यु
पृथ्वीसुब्बा गुरुङको चुनावी प्रचारप्रसार अभियान दोर्दीबाट सुरु
लमजुङको दूधपोखरीमा डुबेका १८ वर्षीय मनोजको शव डेढ महिनापछि सशस्त्रले निकाल्यो
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह