एजेन्सी : भारतको मध्य प्रदेशमा एक ब्राह्मण परिवारका पुरुषले शिखा टुप्पी पाल्दा परिवार नै टुट्ने स्थितिमा पुगेको छ । उक्त व्यक्तिकी पत्नीले फ्यामिली कोर्टमा डिभोर्सका लागि निवेदन दिएकी छन् । टुप्पी पालेका कारण पति गँवार देखिएको आरोप पत्नीको छ ।
टुप्पीवाल पतिका कारण माइतीमा आफ्नो बेइज्जती भएको पत्नीको भनाइ छ । उता पति भने नमरुन्जेल टुप्पी पाल्ने बताइरहेका छन् ।यो घटनालाई फ्यामिली कोर्टले परामर्शका लागि पठाएको छ । बिहे भएको तीन वर्षपछि पत्नीले डिभोर्सको निवेदन दिएकी हुन् । अदालती परामर्शमा पति र पत्नीबीचको झगडाको कारण पतिको टुप्पी रहेको पाइयो । एक्जेक्युटिभ इन्जिनीयर जस्तो मान्छेले टुप्पी पाल्दा पटक्कै नसुहाएको तर्क पत्नीले राखेकी छन् । उनी आफूले चाहिँ एमबीए गरेकी छन् ।
परामर्शदात्री रिता राजानीले बताएअनुसार, महिलाको बिहे सन् २०१६ को फेब्रुअरी २ मा भएको थियो । बिहेको केही महिना राम्रै बित्यो । दुई वर्षअघि महिलाका सासू र ससुरा सडक दुर्घटनामा मारिए । मृत्यु संस्कारका बेलामा पतिको कपाल मुण्डन गरियो । त्यसपछि पतिले धार्मिक मान्यता अनुसार टुप्पी राखे । पछि पतिले टुप्पी राखिरहेपछि पत्नीले काट्न भनिन् । तर उनले मानेनन् । महिलाले परामर्शदातालाई बताएअनुसार पतिलाई टुप्पी काट्नुस् भन्दा टारिरहन्छन् । टुप्पी राख्दा सबैले पतिलाई पण्डितजी भन्न थाले ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह