काठमाडाैं – एक विद्यार्थी विदेश जाने भएपछि त्रिभुवन विश्वविद्यालयको परीक्षा तालिका नै सार्ने तयारी भएको छ । नेपाल ल क्याम्पसमा बिएएलएलबी पाँचौँ वर्षमा अध्ययनरत एक विद्यार्थीका लागि परीक्षा सार्न कलेजले विश्वविद्यालयलाई पत्राचार गरेको छ । विद्यार्थी आफैँले खोजेको कार्यक्रमका लागि विदेश जान क्याम्पसले सिफारिसपत्र दिएको थियो । एक परीक्षार्थीसहित अन्य दुई विद्यार्थी अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुने तय भएको छ । उनी स्वदेश फर्किएपछि मात्र परीक्षा गर्ने गरी तालिका मिलाउन खोजिएको छ । आगामी २७ जेठमा हुने परीक्षा पछि सार्नका लागि क्याम्पस प्रशासनले नै परीक्षा नियन्त्रण कार्यालय बल्खुलाई पत्राचार गरेको छ ।
क्याम्पस प्रमुख डा. डिएन पराजुलीले एक विद्यार्थी भए पनि सकेसम्म परीक्षा नछुटोस् भनेर बल्खुलाई पत्राचार गरेको बताए । ‘एकजना विद्यार्थी भए पनि हाम्रै विद्यार्थी हुन्, सकेसम्म परीक्षा मिस नहोस् भनेर पत्र लेखिएको हो, बल्खुले के गर्छ थाहा छैन,’ क्याम्पस प्रमुख पराजुलीले भने ।
अन्य केही विद्यार्थीले भने परीक्षा नसार्न दबाब दिएका छन् । क्याम्पस प्रमुख पराजुलीलाई भेटेर उनीहरूले परीक्षा सार्दा सबै विद्यार्थीको काम र मानसिक रूपमा समेत असर पर्ने बताएका थिए । बिएएलएलबीमा नेपाल ल क्याम्पसमा मात्र एक सय पाँच विद्यार्थी अध्ययनरत छन् । देशभर त्रिविका तीन कलेजमा बिएएलएलबीको कक्षा सञ्चालन भइरहेको छ । याे समाचार भवानीश्वर गाैतमले नयाँ पत्रिकामा लेखेका छन् ।
सम्बन्धित खबर
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
अनुदानमा प्राप्त ९ रुपैयाँको नुन किन्न २५ सय खर्च
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
रविलाई पर्सा लगिँदै
यो पनि पढौँ
पोखराको अमरसिंह चोकका व्यापारिक सटर हटाइने, विद्यालयले दियो ३५ दिनको समय
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
पुम्दीकोट जाने बाटो अब एकतर्फी
गोवामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा नेपाली पाइलटसहित दुईजनाको मृत्यु