‘मासिक शुल्क तिर्न नसकेपछि बोर्डिङबाट रेष्ट्रिकेट भएकी मन्त्रीकी छोरी’

‘मासिक शुल्क तिर्न नसकेपछि बोर्डिङबाट रेष्ट्रिकेट भएकी मन्त्रीकी छोरी’

mantri basnet mallika

अश्विन दानी, पोखरा । शैक्षिक शत्र २०७२ सालमा पोखराको विन्ध्यावासिनीस्थित सनफ्लावर बोर्डिङ स्कूलमा ६ बर्षिया मल्लिका परियार नर्सरीमा भर्ना भईन् । सामान्य बालबालिका भन्दा पढाईमा अलि धेरै चासो देखाउने उनी परीक्षाफल राम्रो ल्याउँदै कक्षा २ सम्म पुगिन् । तर, कक्षा २ को प्रथम परीक्षा दिन नपाउँदै उनलाई स्कुलले मासिक शुल्क नतिरेको भन्दै रेष्ट्रिकेट गरिदियो । अनि मल्लिकाले देखेको पढ्ने सपना ‘पानीको फोका’ जस्तै फुट्यो ।

‘घरमा कसैको जागिर छैन । मल्लिकाको बुबा र मैले मेलापात गरेर घर खर्च जुटाउँथ्यौँ । हामीले पढ्न नपाएर पछुतो छ । त्यही भएर छोरीलाई दुखै गरेर भएपनि पढाउँ भन्ने लाग्यो अनि २०७२ सालमा सनफ्लावर बोर्डिङ स्कूलमा भर्ना ग¥यौँ । २०७४ मा कक्षा २ मा पुगिन्’ मल्लिकाकी आमा देवी परियारले गण्डक न्यूजसँग भनिन्, ‘छोरी कक्षा १ मा पुगेपछि उसको बाबा बिरामी पर्नु भयो । उहाँ बिरामी भएर काम गर्न नसक्ने अनि म उहाँ र कान्छो छोरोको हेरचाह गर्न पर्ने भएपछि कमाई नै भएन । कक्षा २ को पहिलो जाँच आउने बेला स्कुलबाट मासिक शुल्क नतिरे मल्लिकालाई परीक्षा दिन दिन्नौँ भने ।’

देवीको अनुसार परिवारको आयस्रोत नभएपछि बोर्डिङलाई मल्लिकाले कक्षा १ मा पढ्दाको मासिक शुल्क नतिरेको भन्दै विद्यालयले उनलाई कक्षा २ को प्रथम परीक्षामा समावेश नगरी रेष्ट्रिकेट गरेको थियो ।
‘मासिक शुल्क तिर्ने भए तिर नत्र मल्लिकालाई जाँच दिन दिन्नौँ । भनेर स्कूलबाट सरहरुले फोन गरि राख्नु हुन्थ्यो’ उनले आँखा भरी आँसु बनाउँदै भनिन्, ‘तर, मैले अहिले कमाई छैन, उसको बुबालाई सन्चो भएपछि बिस्तारै कमाएर तिर्छु छोरीलाई जाँच दिन दिनुस् भन्दा सरले मान्नुु भएन । गरीबले सोचेजस्तो कहाँ हुँदो रहेछ र ? पैसा नभएपछि छोरीलाई चाहेर पनि पढाउन सकिँन ।’

‘बोर्डिङले रेष्ट्रिकेट गरेपछिको त्यो एक बर्ष’

२०७२ सालमा नर्सरीमा भर्ना भएकी मल्लिकालाई कक्षा २ मा पुग्नेबित्तिकै बोर्डिङले मासिक शुल्क नतिरेको भन्दै २०७४ सालमा रेष्ट्रिकेट गर्याे । कुन अभिभावकको मन खुसी होला र ? भर्खरै पढ्न सुरु गरेकी आफ्नो सन्तान पैंसा तिर्न नसकेपछि स्कूलले नै रेष्ट्रिकेट गरेपछि ।

‘स्कूलले रेष्ट्रिकेट गरेपछि छोरी जहिल्यै स्कुल जाने बेलामा आमा म पढ्न जान्छु भन्दै झगडा गर्थी । मैले भोलिपर्सी जाने भन्दै फकाउँथेँ त्यसपछि उ रुन थाल्थी’ उनले लामो स्वास फेर्दै भनिन्, ‘आफु गरीब भएर पढ्न पाइँन । दुखै गरेर छोरीलाई पढाउँछु भन्ने सोचेको थिएँ । तर, पैसा नभए केही नहुने रैछ ।’

स्कूलबाट रेष्ट्रिकेट भएपछि मल्लिकाले शैक्षिक शत्र २०७४ साल भरी स्कुल जाने सपना अधुरै भयो । ‘छोरी स्कुल जान्छु भन्दै झगडा गर्दा पुरानो कापी किताब दिएर फकाउँथेँ’ उनले भनिन्, ‘तर, सनफ्लावर बोर्डिङले निकालेपछि अर्काे स्कूलमा पढाउन पनि सकिँन ।’

सनफ्लावर बोर्डिङ स्कूलका प्राध्यापक अमर गुरुङले भने मल्लिकालाई रेष्ट्रिकेट नगरेको दावी गरेका छन् । ‘हामिले उनलाई रेष्ट्रिकेट गरेको हैन । मासिक शुल्क तिर्नलाई पटकपटक चिठी पठाउँदा पनि परिवारले पैसा नतिरेपछि परिक्षा शुल्क ननिरे परिक्षा दिन दिन्नौँ भनेको हो’ गुरुङले भने, ‘तर, रेष्ट्रिकेटको कुनै पत्र काटेका छैनौँ ।अझै उहाँहरुले बोर्डिङलाई पैसा तिर्न बाँकी छ ।’

‘मन्त्रिले अभिभावकत्व ग्रहण गरेसँगै एक बर्षपछि छोरी स्कूल जाँदाको त्यो क्षण’

बाआमाको हात समाउँदै स्कूल जाने मन हुँदाहुँदै पनि घरमै रोएर बस्ने गरेकी छोरीको एक बर्ष सम्झँदा अझैपनि देवीको मन भक्किानिएर आउँछ । पारिवारिक आर्थिक स्थिति कमजोर भएपछि एक बर्षसम्म स्कूल जान नपाएकी मल्लिका शैक्षिक शत्र २०७५ सालदेखि भने खुसी हुँदै विद्यालय जान्छिन् ।

तर, उनको परिवारको आयस्रोत अहिलेपनि ‘ज्यूँ को त्यूँ’ छ । ‘पैसाकै कारण छोरीलाई पढाउन नसकेर बसेका थियौँ । एक्कासी भौतिक पुर्वाधार तथा विकास मन्त्री ज्यू, मल्लिकाको बुबा बन्छु अनि उसलाई कक्षा १२ सम्म पढाउँछु भन्दै आउनु भयो’ उनले भनिन्, ‘हामीले जन्म दिएपनि पढाउन सकेका थिएनौँ । पढ्न नपाएर आफ्नो जस्तै भविष्य बिग्रिन्छ कि भन्ने लागेको थियो’

उनले खुसी हुँदै थपिन्, ‘मन्त्री ज्यूले २०७५ सालदेखि छोरीको सम्पूर्ण पढाई खर्च बेहोर्छु भनेर धर्मस्थली स्कुलमा भर्ना गर्दिनु भयो । उहाँ नानीको कर्म दिने बुबा बन्नु भाको छ । अहिले पढाई खर्च उहाँले नै हेर्नुहुन्छ । हामी साह्रै खुसी छौँ ।’

‘मन्त्रीज्यूले, भन्नु भा’को म पढेर ठूलो मान्छे बन्नुपर्छ रे’

‘मन्त्री ज्यूले मलाई किताब, कापी, ड्रेस, जुत्ता अनि झोला किन्ने पैसा दिनु भा’छ नि’ मल्लिले भनिन्, ‘उहाँले भन्नु भाको म पढेर ठूलो मान्छे बन्नु पर्छ रे । तर, मलाई टिचर बन्न मन छ ।’

प्रधानाध्यापक भन्छन्,  :  ‘मल्लिकाको भविष्य उज्वल छ’

हाल मल्लिका अध्यनरत पोखरा महानगरपालिका—५ मालेपाटन स्थित धर्मस्थली आधारभूत विद्यालयका प्रधानाध्यापक केदार बरालका अनुसार उनले कक्षा २ बाट तीनमा जाँदा ९२.८३ प्रतिशत अंक ल्याएकी छिन् । उनी अहिले कक्षा ३ की द्वितिय छात्रा हुन् ।
‘मल्लिका पढाईमा टाँठी रैछिन् । यसपाली ९२.८३ प्रतिशत ल्याएर कक्षामा दोस्रो भईन्’ बरालले भने, ‘उनको भविश्य उज्वल छ । मन्त्रीज्यूले अभिभावकत्व ग्रहण गर्नु भएको छ । पढाई खर्च सबै ब्यहोर्नु हुन्छ । अहिले त मल्लिका सामान्य परिवारको बालिका हुन् जस्तै लाग्दैन । सफा सुग्घर भएर चिटिक्क परेर आउँछिन् ।’

‘राम्रो गरिन् भने १२ कक्षापछि पनि सहयोग गर्छु’

मल्लिकाको अभिभावकत्व ग्रहण गरेका गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री रामशरण बस्नेतले उनलाई कक्षा १२ पछि पनि पढाईमा लगाव दिए सहयोग गर्ने बताएका छन् ।

‘उनको आर्थिक स्थिति कमजोर भएकोले कक्षा १२ सम्म अनिवार्य पढाउने निर्णय गरेको हुँ’ मन्त्री बस्नेतले भने, ‘कक्षा १२ सम्म उनलाई आबश्यक पढाई खर्च सबै ब्यहोर्छु । त्यसपछि पनि राम्रो गरिन् भने पढ्न सहयोग गर्छु ।’

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ