यौनशोषणको आरोप लागेका ‘तपस्वी’ रामबहादुर बम्जन आश्रममै झुल्किए (भिडियो)

यौनशोषणको आरोप लागेका ‘तपस्वी’ रामबहादुर बम्जन आश्रममै झुल्किए (भिडियो)

bomjan-maitriya

सिन्धुली । शिष्यहरुमाथि यौनशोषण गरेको तथा केही शिष्यहरु गायब पारेको आरोप लागेपछि केही महिनायता सार्वजनिकरुपमा नदेखिएका ‘तपस्वी’ रामबहादुर बम्जन शुक्रबार सिन्धुलीमा देखिएका छन् ।

सिन्धुली सदरमुकाम सिन्धुलीमाडीस्थित कमलामाई नगरपालिका वडा नम्बर–५, सिलामेमा अवस्थित आश्रममा आयोजित १४औं मैत्री दिवसमा उनी सार्वजनिक भएका हुन् ।

सो अवसरमा उनले आफ्ना शिष्य तथा अनुयायीहरुलाई दर्शन दिनुका साथै पूजापाठ र प्रवचनसमेत दिएका थिए । बम्जनका अनुयायी कमानसिंह लामाले भने बम्जनमाथि लागेका सबै आरोप झुटा रहेको र उनी भागेको भन्ने हल्ला निराधार भएको दाबी गरे ।

भिडियो हेर्न यो लिंक खोल्नु होस् https://www.facebook.com/imagekhabar.com.np/videos/465776667500948/

imagekhabar.com

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ