गण्डकी प्रदेशको १० महिना : योजना उच्च, बजेट खर्च न्यून

गण्डकी प्रदेशको १० महिना : योजना उच्च, बजेट खर्च न्यून

Gandaki Pradesh Cabinet

पोखरा । प्रदेशी प्रदेश सरकारले आर्थिक बर्ष २०७५÷०७६ को १० महिना बितिसक्दा हालसम्म करिब १६ प्रतिशत मात्रै बजेट खर्च भएको पाईएको छ । चालु आबमा गण्डकी प्रदेश सरकारले बिभिन्न ठूला योजनाहरु सार्वजनिक गरेपनि १० महिना बितिसक्दासम्म पूँजीगत तर्फको कुल बजेट मध्य करिब १६ प्रतिशत मात्रै खर्च गरेको पाईएको हो ।

चालु आबमा प्रदेश सरकारले पूँजीगत तर्फको १५ अर्व ९० करोड बजेटमध्ये पछिल्लो तथ्याङ्क अनुसार २ अर्व ६४ करोड रुपैयाँ (१६.६) प्रतिशत मात्रै बजेट खर्च गरेको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयको अनुसार पूँजीगत तर्फ पछिल्लो तथ्याङ्क अनुसार सामाजिक विकास मन्त्रालले ५, आन्तरिक मामिलाको ८, उद्योग पर्यटनको ९, भौतिक पूर्वाधारको २२, अर्थ मन्त्रालयले २६, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले ५६, प्रदेशसभाले ७३ र मुख्य न्यायधिबक्ता कार्यालयले ८३ प्रतिशत बजेट खर्च गरेका छन् ।

प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय प्रमुख जयराम पौडेलका अनुसार बजेट औसतमा धेरै बजेट बिनियोजन भएका मन्त्रालयहरुले कम र थोरै बजेट बिनियोजन हुने मन्त्रालयहरुले बढि बजेट खर्च गरेका छन् । सरकारको मूल्यांकन पूँजीगत खर्चका आधारमा हुने बताउँदै पौडेलले चालु आबमा गण्डकी प्रदेश सरकारले करिब ५० प्रतिशत बजेट गर्नसक्ने संकेत देखिएको बताएका छन् ।  प्रदेश मातहतका कार्यालयमा कर्मचारी र श्रोत साधनको अभाव भएको कारण देखाउँदै उनले लक्ष्य अनुसार बजेट खर्च गर्न हुन नसकेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ