२६ वर्षीया सेलेना गोमेजको बिहे ६८ वर्षीय बिल मुरेसँग !

२६ वर्षीया सेलेना गोमेजको बिहे ६८ वर्षीय बिल मुरेसँग !

selena-gomez

क्यान्स फिल्म फेस्टिभलको सुरुवात राम्रै भयो, विश्वभरिका ख्यातिप्राप्त अभिनेता/अभिनेत्रीका साथमा।  नायिका तथा गायिका सेलेना गोमेजले पनि सबैको ध्यान तानिन् । सेलेना आफ्नो फिल्म ‘द डेड डन्ट डाइ’ को प्रमोसनका लागि क्यान्स पुगेकी थिइन्। यो फिल्ममा उनीसँगै टिल्डा स्विङ्टन र बिल मुरे पनि छन्।

सेलेनाले आफ्नो इन्स्टाग्राममा केही आकर्षक तस्बिर राखेकी छन् जसमध्ये उनी र बिल मुरेका तस्बिरले सबैको ध्यान तानिरहेको छ । इन्स्टाग्रममा सेलेनाले क्याप्सन लेखेकी छन्- क्यान्समा मेरो पहिलोपटक। म यो फिल्ममा जिम र सबै टिमका साथ काम गर्न पाउँदा सम्मानित महसुस गर्छु। साँच्चि, म र बिल मुरे बिहे गर्दैछौँ।’

यी २६ वर्षीया अभिनेत्रीको ६८ वर्षीय अभिनेतासँगको इन्स्टाग्राम पोस्टले सबैको ध्यान आकर्षित गर्‍यो । क्यान्समा पनि हातमा हात हालेर हिँडेका यी दुई कलाकार सबैको खानेखुसीको विषय बनेका थिए। बिल मुरेले भ्यानिटी फेयरसँग भने, ‘म साँच्चै उनलाई मन पराउँछु ।

उनी एकदमै चम्किली छन्। दयालु र प्राकृतिक छिन्। म सधैँ यस्ता खालका आफूलाई मन पर्ने पप आइकन भेटेर रमाउँछु।’ प्रशंसकहरु सेलेनाको निर्णयबाट छक्क परेका छन् । जस्टिन बिबरसँगको सम्बन्ध अन्त्य भएपछि सेलेनाले मानसिक स्वास्थ्यको औषधि सेवन गरिरहेकी छन्। तर, उनी निकटहरुले भने बिल मुरेबारेको उनको इन्स्टाग्राम पोस्ट जिस्किएर गरिएको बताएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ