एजेन्सी– भारतको जहाँगीराबादमा साढे २ वर्षका एक बालकले मोबाइल चार्जरको पिन मुखमा हालेपछि उनको मृत्यु भएको छ । मोबाइल चार्जरको स्विच अन थियो र पिनमा करेन्ट आयो । त्यसैले बालकको ज्यान लियो ।
ती बालकको नाम सहवर हो । मोबाइलको चार्जर मुखमा हाल्दा उसलाई झड्का लाग्यो । चार्जर प्लगमै थियो । परिवारका मानिसले उसलाई चिकित्सककहाँ लाँदै गर्दा बाटैमा उनको मृत्यु भयो । मोबाइल र चार्जर विस्फोट हुने घटना चार्जिङ गरिरहेको बेलामा मोबाइल प्रयोग गर्दा बढी हुन्छ ।
विशेषज्ञहरूले बताएअनुसार, चार्ज गर्दा मोबाइलको मदरबोर्डमा दबाब पर्छ । त्यसै क्रममा फोनमा कुरा गर्दा वा गेम खेल्दा मदरबोर्डमा अतिरिक्त दबाब पर्छ र ब्याट्री विस्फोट हुन्छ । चार्जरको स्थिति पनि यही हो ।
कुनै स्मार्टफोनमा बग र मालवेयर पनि भेटिन्छन् । त्यसैले गर्दा मदरबोर्डमा अतिरिक्त दबाब परेर फुट्छ । सस्तो मोबाइलको मदरबोर्ड, चार्जर र अन्य पार्टहरू गुणस्तरीय हुँदैनन् । यिनले सही तरिकाले काम नगर्दा ब्याट्री र चार्जर विस्फोट हुने खतरा हुन्छ । मोबाइल चार्जरको तार काटिँदा वा चार्जर गुणस्तरहीन हुँदा करेन्ट लाग्न सक्छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर