पोखरा । विगत २६ बर्षदेखि एचआईभी पोजेटिभ संक्रमित पोखरा महानगरपालिका वडा नं ७ का ५६ वर्षीय गोपाल श्रेष्ठले नयाँ कीर्तिमान राख्दै विश्वको सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । गत चैत्र २९ गते सगरमाथा आरोहणको यात्रा सुरु गरेका श्रेष्ठले बुधबार विश्वकै पहिलो पटक सगरमाथा सफल आरोहण गर्ने एचआईभी संक्रमित व्यक्तिका रुपमा रेकर्ड राख्न सफल भएका हुन् ।
एचआईभी संक्रमितहरुले केही गर्न सक्दैनन भन्ने जनभावनालाई समेत तोड्दै श्रेष्ठले विश्वकै पहिलो पटक सगरमाथा विश्वकै पहिलो एचआईभी संक्रमित व्यक्तिका रुपमा कीर्तिमानी कायम गरेका छन् । श्रेष्ठले एचआइभीबाट संक्रमितले साहसिक काम गर्न नसक्ने, लामो समयसम्म बाँच्न नसक्के भन्ने कुरालाई गलत सावित गरेर एक उदारहणीय ब्यक्ति समेत बन्न सफल भएका छन् ।
सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार ड्रिमर्श डेस्टिनेशन ट्रेक्स एण्ड एक्सपिडिशन प्रा।लि। का फुर्वा तेन्जिङ शेर्पाको नेतृत्व र दाकिपा शेर्पाको सहजीकरणमा आरोही श्रेष्ठले सगरमाथा आरोहण गरेका हुन् ।
विश्वभर छरिएर रहेका एचआइभी संक्रमितहरूको प्रतिनिधित्व गर्दै ‘स्टेप अप क्याम्पियन’ अभियानमार्फत सन् २०१५ मा सगरमाथा चढ्ने प्रयास गरेका गोपाल विनाशकारी महाभूकम्पका कारण त्यसबेला सफल भएका थिएनन्। एचआइभी र एड्ससँग सम्बन्धित भेदभावको अन्त्य गर्ने उद्देश्यले सगरमाथा चढ्ने उनको पहिलो प्रयास विफल भए पनि यसपालि भने उनी सफल भए। महाभूकम्पका कारण आधार शिविरबाटै फर्केर आएका गोपालले सो समयमा आरोहण समूहका ५ सदस्य साथी गुमाउनुपरेको थियो।
सम्बन्धित समाचार :-
http://gandaknews.com/gopal-shrestha-sagarmatha/



सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने