आइतबार बिहान धादिङको गजुरी गाउँपालिका वडा नं ६ बन्छेटारस्थित पृथ्वीराजमार्गबाट त्रिशूली नदीमा बस खस्दा हराइरहेका थप एक जनाको शव फेला परेको छ । दुर्घटना भएको ठाउँबाटै एक जनाको शव फेला परेको हो ।
त्रिशूली किनारामा हिलोमा दबिएको अवस्थामा झापा घर भएका कृष्णप्रसाद निरौलाको शव फेला परेको हो । निरौला समेत गरी सो दुर्घटनामा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ । सो दुर्घटनामा परेर दुई बालक र एक पुरुष गरि तीन जना हराइरहेका छन् ।
प्रहरीका अनुसार हराइरहेकाहरू धादिङ जिल्लाको सिद्धलेक गाउँपालिका वडा नम्बर ४ का सलाङघाट बस्ने वर्ष २३ का उज्वल पाण्डे, भारतको मेघालय प्रदेश जिल्ला रिभ्वाय सिलोङ घर भएकी १३ वर्षीया रिया मारविन, सोही ठाउँका ११ वर्षीय रिशान मारविन रहेका छन्।
उनीहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रकाश विष्टले जानकारी दिए । सो घटना परी २९ जना घाइते भएका ईलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ।
आइतबार झापाको काँकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको यात्रुबाहक बस सडकबाट ६० मिटर तल त्रिशूली नदीमा खसेको थियो। दुर्घटनामा चार जनाको घटनास्थलमै र बाँकीको उपचारका क्रममा मृत्यु भएको हो।
सम्बन्धित खबर
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषदकाे निर्णय
सरकारले ल्याएका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
यो पनि पढौँ
अपडेटः लामेआहालमा भएको दुर्घटनामा मृतकको सनाखत, तीनै जना धादिङका
पत्रकार महासंघका पूर्व सदस्य बास्तोलाको निधन
विद्यार्थीमाथि जातीय विभेद गर्ने उपप्राध्यापक डा. देवीलाल शर्मालाई कारबाही
धादिङबाट पोखरा आउँदै गरेको ईभी माइक्रो लामेआहालमा दुर्घटना हुँदा ३ जनाको मृत्यु