पोखरा । कुल ४० करोड लागत अनुमान गरिएको पोखरा महानगरपालिका वडा नम्बर २२ पुम्दीकोटमा निर्माणाधीन विशाल महादेव मूर्तिसहितका संरचनाको निर्माण कार्य तीव्र रुपमा अघि बढाईएको छ । पर्यटकीय आकर्षणको प्रबर्दन गर्दै पुम्दीकोटको विशिष्ट धार्मिक पर्यटकीय गन्तव्य बनाउने उदेश्यले मूर्ति सहितका संरचना निर्माणको काम तीब्र बनाईएको हो ।
समुद्री सतहबाट एक हजार ५ सय मिटर उचाइमा रहेको पुम्दीकोटमा महादेव मूर्ति निर्माण परिसरमा ५ करोडको लागतमा भवन तथा पूजा सामग्री बिक्री कक्ष, गुरु महाराज आश्रम गृह लगायतका संरचना निर्माण गरिसकेको निर्माण समितिका अध्यक्ष चन्द्रकान्त बरालले जानकारी दिए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको सुझाव अनुसार पुम्दीकोटमा तीन करोड १८ लाख लागतमा शिव भगवनको १०८ फिट अग्लो पूर्ण कद सहितको मूर्ति स्थापना गर्ने समितिको लक्ष्य भएको उनले बताए । शिवको विशाल मूर्ति वरपर १०८ शिवलिङ्ग निर्माण गरिने उनको भनाई छ ।
समितिको गुरुयोजनामा उल्लेख भए अनुसार उक्त स्थलमा १०८ स्वर्गद्वारी सिँढी, रुङ्गाटा बैकुण्ठ हल, गुरु महाराज आश्रम, हरियाली बगैँचा, शान्तिस्तम्भ, ज्येष्ठ नागरिक मिलन केन्द्र, पार्किङस्थसमेत निर्माण हुने छ ।
२२ रोपनी जग्गाको भोगाधिकार नेपाल सरकारबाट समितिलाई प्राप्त भइसकेको छ ।
निर्माण समितिका अनुसार त्यहाँबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, लम्जुङ लगायतका हिमाल एक साथ अवलोकन गर्न सकिने पुम्दीकोटबाट पोखराको फेवाताल सहितका रमणीय दृश्य अवलोकन गर्न सकिन्छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने