एजेन्सी । आणविक हतियारहरुको प्रयोग हुने जोखिम अहिले दोस्रो युद्ध पछिकै उच्च रहेको संयुक्त राष्ट्र संघकी वरिष्ठ सुरक्षा विद्ले बताएकी छन् । यसरी यो विषयलाई आपत्कालीन ठहर गर्दै उनले विश्वलाई यो मुद्दा गम्भीरतापूवर्क लिन समेत आग्रह गरेकी हुन् ।
निशस्त्रीकरण अनुसन्धान संगठनका लागि संयुक्त राष्ट्र संघकी निर्देशक रेनाता डनले मंगलबार भनेकी छन्, ‘“आणविक हतियार भएका सबै राष्ट्रहरुमा परमाणु आधुनिकीकरण कार्यक्रम सञ्चालित भइरहेको छ जसकारण विशेषगरी चीन र अमेरिकाबीचको प्रतिस्पर्धाका कारण हतियार सिमित गर्ने प्रयासमा अवरोध आइरहेको छ ।”
जेनेभाको सम्मेलनमा संचारकर्मीहरुसँग बोल्दै उनले सशस्त्र समुह र निजी क्षेत्रका सेनाहरुमा हतियार संकलनको बढ्दो प्रवृत्ति र नयाँ प्रविधका कारण पनि पारम्परिक हतियार नियन्त्रणको व्यवस्था कमजोर बन्दै गएको बताएकी हुन् । यसरी पछिल्लो दुई दशकमा जारी निशस्त्रीकरण सम्बन्धी वार्तामा १२२ राष्ट्रले परमाणु हतियारमाथि प्रतिबन्ध लगाउने सन्धिमा हस्ताक्षर गरेका छन् ।
उनले थप भनिन्, “मेरो विचारमा अहिलेको अवस्थाले यो विषयप्रति ध्यान दिनुपर्ने संकेत गरिरहेको छ । र मिडियामा पनि आणविक युद्धका उच्च जोखिमबारे कमै उल्लेख गर्ने गरिएको पाइन्छ । यस्तोमा दोस्रो विश्वयुद्ध पछिको कुनैपनि समयको तुलनामा आणविक हतियार प्रयोग हुने खतरा विभिन्न कारणवश् अहिले सबैभन्दा अधिक रहेको छ ।”
यसरी आणविक हतियारमाथि प्रतिबन्ध लगाउने सन्धि, विश्वलाई परमाणुमुक्त बनाउने अन्तराष्ट्रिय अभियान, आइक्यानले सञ्चालन गरेको थियो जसले २०१७ मा नोबल शान्ति पुरस्कार समेत प्राप्त गरेको हो । सो सन्धिले अफ्रिका, अष्ट्रिया, भियतनाम, थाइल्यान्ड, मेक्सिको लगायत ५० मध्ये २३ राष्ट्रहरुबाट अनुमोदन प्राप्त गरिसकेको छ । तर रुस, अमेरिका लागायत आणविक हतियार भएका मुलुकले भने यसको विरोध गर्दै आएका छन् ।
क्युबाले पनि मस्काउ अमेरिकाबीचको शीतयुद्धमा भएको परमाणु संकटको ५६ वर्षपछि २०१८ मा सो सम्झौतालाई अनुमोदन दिएको हो । त्यो समयमा पनि आणविक युद्धको जोखिम उच्च बिन्द्रुमा पुगिसकेको थियो । यस्तोमा डनले विश्वले आणविक हतियारका खतरालाई बेवास्ता गर्न नहुने बताएकी हुन् । उनका अनुसार हामी यसबारे के सोच्छौँ र यसका जोखिमको व्यवस्थापन गर्न कसरी काम गरिरहेका छौँ भन्ने महत्वपूर्ण छ र अन्य जरुरी प्रश्नहरुबारे पनि जुन संयुक्त राष्ट्रको सुरक्षा परिषद्मा परिलक्षित गरिएको छैन । रोयटर्सबाट
सम्बन्धित खबर
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
रविलाई पर्सा लगिँदै
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
यो पनि पढौँ
पोखराको नागढुंगामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु
कोत्रे खण्ड सडक पाँच दिन अवरुद्ध हुने
गण्डक न्यूजकी पुनम थापा मगर पत्रकार महासंघ कास्कीको सदस्यमा निर्विरोध
सुनचाँदीको मूल्य घट्यो