पोखरा। फेवातालको मापदण्ड मिचेर बनाइएका संरचना हटाउन पोखरा महानगरपालिकाले १५ दिने अल्टिमेटम दिएको छ। महानगरपालिकाले बिहीबार एक सूचना निकालेर १५ दिन भित्रमा ६५ मिटर मापदण्डभित्र बनेका स्थायी तथा अस्थाई संरचना भत्काउन अल्टिमेटम दिएको हो ।
ड्याम साइडदेखि खपौदीसम्मको मूल सडकभन्दा तलपट्टी रहेका मापदण्डको लगत लिने र लगतका आधारमा संरचना हटाउने महानगरका सूचना अधिकारी गंगालाल सुवेदीले जानकारी दिए ।
ताल संरक्षणको लागि प्रदेश, संघ र स्थानीय तहलाई सर्वोच्चले आदेश दिएको थियो । त्यसमध्ये केन्द्र सरकारले जग्गाको मुअब्जा उपलब्ध गराउने, प्रदेशले सीमाकंन र स्थानीय तहलाई संरक्षणको जिम्मेवारी दिइएको थियो ।
पोखरा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष विश्व प्रकाश लामिछानेले तयार पारेको प्रतिवेदनलाई आधार मान्दै गएको वर्ष बैशाख १६ गते सर्वोच्चले फैसला गरेको थियो । आदेशमा फेवातालको ६५ मिटर मापदण्ड कायम गर्न÷गराउन उल्लेख छ ।
गएको माघ १० गते गण्डकी प्रदेशका पर्यटन मन्त्री विकास लम्सालको संयोजकत्वमा फेवातालको मापदण्ड कायम गराउँन ११ सदस्यिय समिति समेत गठन गरिएको थियो ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने